एजेन्सी चैत्र ५ । युरोपेली मुलुक ईटाली कोरोनाले आक्रान्त भएको छ । स्कुल, कलेज, होटल, रेष्टुरेन्ट , सिमा, हवाई सेवा सबै बन्द गर्दा समेत ईटालीमा मृत्यु हुनेको संख्या तीव्र मात्रामा बढीरहेको छ ।
ईटालीमा पछिल्लो २४ घण्टामा ३ सय ४५ जनाको मृत्यु भएको छ । कतिपय विज्ञहरुले विश्वयुद्धमा समेत यस्तो दृष्य नदेखिएको टिप्पणी गर्न थालेका छन् । त्याहाँ ३१ हजार बढी नागरिक संक्रमित भएका छन् ।
यो सगैँ ईटालीमा मृत्यु हुनेको संख्या २५ सय ३ पुगेको छ । त्यसै गरी संक्रमितको संख्या हजारौं पुगेको छ । ईटालीमा संकटकाल लगाएर काम गर्दा समेत कोरोना नियन्त्रण बाहिर गएको छ । अस्पतालहरुमा उपचारको अभाव हुन थालेको छ ।
ईटाली चीनपछि सबै भन्दा बढी मृत्यु हुने र प्रभावित हुने देश बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline