एजेन्सी चैत्र ४ । प्रत्यक पल , प्रत्यक क्षण कोरोनाको संक्रमण, फैलावट र मृत्युको खबरले संसारलाई आक्रान्त बनाएको छ । डिसेम्बर ३१ मा चीनको वुहानमा देखिएको कोरोना त्यस पछि फिलिपिन्स हुदै अमेरीका सहित एक सय ६२ देशमा पुगेको छ ।
आज सम्मको पछिल्लो रिपोर्ट अनुसार यस भाईरसका कारण विश्वमा कुल ७ हजार १ सय ६४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ । डब्लुएचओका अनुसार एक लाख ८२ हजार बढी संक्रमित भएका छन् ।
कोरोना फैलन शुरु गरेको तीन महिना हाराारी हुदाँ समेत यसको रोकथाम र औषधीको आधिकारीक विकास हुन सकेको छैन । प्रत्यक देशले आ आफ्नै क्षमता र शक्तिको प्रयोग गरीरहेका छन् ।
कोरोनाबाट हाल सम्म सबै भन्दा धेरै चीनमा ३२१८ जनाको मृत्यु भएको छ भने दोस्रोमा ईटालीमा २१५८, ईरान ८५३, स्पेन ३४२, फ्रान्स एक सय ४८ , अमेरीका ८७, दक्षिण कोरीया ८१, ब्रिटेन ५५ रहेका छन् । त्यसै गरी अन्य देशमा पनि दर्जनौ मानिसको ज्यान गईसकेको छ ।
कोरोनाका कारण सिमा बन्द, बजार बन्द, स्कुल कलेज बन्द, हवाई उडान बन्द आदिका कारण विश्वभर अर्थतन्त्रमा समेत ठूलो धक्का पुग्न थालेको छ ।