यूरोपेली देशहरुले कोरोना नियन्त्रण प्रभावकारी बनाउन थप प्रतिवन्धहरु लागू गरेका छन् । उनीहरुले सिमा बन्द गर्ने,हवाई उडानहरु घटाउने, हाटल, रेष्टुरेन्ट,बार बन्द गर्ने , स्कुल बन्द गर्ने र मानिसहरुलाई ठूलो संख्यामा भेला हुन नदिने घोषणा गरेका छन् ।
साथै अधिकाशं मानिसहरुलाई घरैमा बस्न आग्रह पनि गरेका छन् ।
फ्रान्सका राष्ट्रपति ईम्यानुयल म्याक्रोनले ईटाली र स्पेनले जस्तै मानिसहरुलाई त्यस्तो प्रतिवन्धको घोषणा गरेका छन् । फ्रान्सले कोरोना नियन्त्रणणको प्रयास र प्रतिवन्धहरु लागू गराउन एक लाख प्रहरी परिचालन गर्ने पनि जनाएको छ ।
यसै गरी बेलायती प्रधानमन्त्री बोरिस जोनसेनले पनि रेष्टुरेन्ट, बार, समुहमा भेला नहुन अपील गरेका छन् ।
जर्मनीले खाद्य र औषधी बाहेकका पसलहरु बन्द गरेको छ ।
पछिल्लो समय चीन पछि यूरोप कोरोना भाईरसको केन्द्र बनेर दिनहुँ ठूलो संख्यामा मानिसको मृत्यु र स्रकमित हुन थाले पछि यूरोपले यो कदम चालेको हो ।
ईटालीमा औषधी तथा उपचारको अभाव हुन थालेको भन्दै बिरामीको चाप बढे पछि कसलाई उपचार गर्ने कसलाई छोड्ने भनेर चिकित्सकहरुले चिन्ता जनाएका छन् ।