कोरोना शुरु भए देखि नै पहिलो पटक एकै दिन ईटालीमा ३ सय ६८ जनाको मृत्यु

कोरोना शुरु भए देखि नै पहिलो पटक एकै दिन ईटालीमा ३ सय ६८ जनाको मृत्यु

  • सोमवार, चैत्र ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

चैत्र ३ काठमाण्डौं । चीन पछि ईटाली कोरोनाबाट सबै भन्दा बढी शिकार भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ईटालीमा ३ सय ६८ जनाको मृत्यु भएको छ । यो सगैं ईटालीमा मृत्यु हुनेको संख्या १८०९ पुगेको छ । संक्रमित हुनेको संख्या पनि २४ हजार ७ सय ४७ पुगेको छ ।
त्यसै गरी स्पेनमा पछिल्लो २४ घण्टामा ९७ जनाको मृत्यु भएको छ । त्याहाँ पनि मृत्यु हुनेको संख्या २ सय ६८ पुगेको छ भने संक्रमितको संख्या एकै दिनमा दुई हजारले बढेर १४ हजार पुगेको छ । त्यसै गरी फ्रान्समा पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु भएको छ । फ्रान्सले रेष्टुरेन्ट, क्याफे, सिनेमा हल , स्कुल सबै बन्द गरेको छ ।
यस्तै बेलायतमा २४ घण्टामा १४ जनाको ज्यान गएको छ । योसगैँ त्याहाँ मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
उता अमेरीकामा पनि मृत्यु हुनेको संख्या ६० पुगेको छ भने संक्रमितको संख्या ३ हजार नाघेको छ ।
यस्तै स्वीजरल्याण्डमा २४ घण्टामा १४ जनाको ज्यान गएको छ भने कुल प्रभावित २२ सय पुगेको छ ।
यता दक्षिण एशियाली मुलुक भारत र पाकिस्तानमा पनि कोरोना प्रभावितको संख्या बढीरहेको छ । भारतमा दुईको मृत्यु भएको छ भने प्रभावितको संख्या एक सय ६ पुगेको छ । पाकिस्तानमा पनि संक्रमितको सख्या ५३ पुगेको छ ।
उता ईरानले अमेरीकी नाकाबन्दीका कारण कोरोना प्रभावितको उपचारमा कठिनाई भईरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ