ईमरान खानले किन सार्क भिडियो कन्फेरेन्समा आफै बोलेनन ?

ईमरान खानले किन सार्क भिडियो कन्फेरेन्समा आफै बोलेनन ?

  • आइतवार, चैत्र २, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी चैत्र २ । विश्वव्यापी महामारीको रुपमा बढ्दै गएको कोरोना भाईरसले भारत, पाकिस्तान सहितका मुलुकलाई पनि त्रासदीको संघारमा धकेलिदिएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आज साझँ सार्क नेताहरुले भिडियो कन्फेरेन्स सम्मेलन गरेका छन् । जसमा पाकिस्तानी प्रधानमन्त्री ईमरान खान खै देखिएन भनेर सामाजिक सञ्जालमा प्रतिकृयाहरु आएको छ । पाकिस्तान बाहेक अन्य सबै देशका कार्यकारी राष्ट्र प्रमुखहरुले संवोधन गरेका थिए ।
दिनभर ईमरान आउने चर्चा भए पनि अन्ततः खानले भिडियोमा बोल्न श्वास्थ्य मन्त्री जफर मिर्जालाई पठाए । भारतकै कारण विगतमा सार्क सम्मेलन र बैठकहरु रोकिएको, कास्मिरलाई भारतमा गाभेर धारा ३७० खारेज गरिएको दिल्लीमा मुसलमानमाथि नरसंहार गरिएको भन्दै मोदीसगँ ईमरानले प्रत्यक्ष वार्ता गर्न नचाहेको बताईएको छ ।
यसैबीच पाकिस्तानी श्वास्थ्य मन्त्री मिर्जाले कास्मीरमा सबै खाले प्रतिवन्ध हटाउनु पर्ने माग गरे । उनले कास्मीरमा पनि कोरोनाको संक्रमण देखा परेको भन्दै यो मुद्धा उठाएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ