एजेन्सी चैत्र १ । कोरोना भाईरसका कारण देशमा दिन दिनै मृत्यु र संक्रमितको संख्या बढे पछि अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा संकटकाल घोषणा गरेका छन् ।
यो सगैँ अब ५० अर्ब डलर बराबरको सहायता घोषणा भएको छ । यसै गरी संघीय सरकारले राज्य सरकार र स्थानीय प्रशासनसगँ पनि उच्च समन्वय गर्ने ट्रम्पले घोषणा गरेका छन् ।
ट्रम्पले पत्रकार सम्मेलन मार्फत उक्त घोषणा गर्दै सरसफाईमा ध्यान दिन, आवस्यक पर्दा मात्रै घुम्न निस्कन र एकै स्थानमा धेरै जना भेला नहुन सर्वसाधारणलाई अपील पनि गरेका छन् ।
आउदो साता अति महत्वपूर्ण रहेको भन्दै कोरोना फैलन नदिन सबै प्रयास गर्ने बताए ।
शुक्रबारै देखि लागू हुने गरी युरोपेली देशहरुको उडान प्रतिवन्ध यस अघि नै घोषणा गरिएको छ । अमेरीकामा हाल सम्म कोरोनाका कारण ४१ जनाको मृत्यु भएको ट भने १६७८ संक्रमित भएका छन् ।
उता स्पेनमा पनि कोरोनाका कारण मृत्यु हुनेको एक सय नाघे पछि संकटकाल घोषणा गरिएको छ । मन्त्री समेत बिरामी परेका छन् । भने लालिगा लगायतका सबै खेलकुद स्थगित भएका छन् ।