कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको पाँच हजार एक सय १७ पुग्यो

कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको पाँच हजार एक सय १७ पुग्यो

  • शुक्रबार, फाल्गुन ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९०बाट ज्यान गुमाउनको सङ्ख्या शुक्रबार पाँच हजार ११७ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला एक सय ३३ देशमा फैलिसकेको छ । हालसम्म एक लाख ३९ हजार ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

हालसम्म सबैभन्दा बढी चीनमा तीन हजार १७७ जनाको उक्त भाइरसको सङ्क्रमणबाट मृत्यु भएकोे एएफपीले विश्व स्वास्थ्य सङ्गठन तथा सङ्क्रमण फैलिएका मुलुकका अधिकारीले दिएको तथ्याङ्कमा छ । अहिलेसम्म इटालीमा एक हजार १६, इरानमा पाँच सय १४, दक्षिण कोरियामा ७१, स्पेनमा १२० र फ्रान्समा ६१ जनाले कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोरोनाका कारण अमेरिकामा पनि ४१ जनाको मृत्यु भएको छ भने एक हजार ८०० भन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समय कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको सङक्रमण दर घटेर एक अङ्कमा पुगेको छ अर्थात् विगत दुई तीन दिनदेखि सङ्क्रमितको सङ्ख्या १० भन्दा कम रहने गरेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ