एजेन्सी फागुण ३० । विश्वव्यापी महामारीको रुप लिदै गएको कोरोनाको उत्पत्ति र फैलावटसगँ जोडिएर षड्यन्त्रको बिषयमा यस अघि रुसी सञ्चार माध्यमहरुले अमेरीकामाथि आरोप लगाएका थिए । जतिखेर चीनको हुवेई प्रान्तको वुहानमा हाहाकार मच्चिरहेको थियो ।
अहिले वुहान सहित चीन महामारीबाट मुक्त हुदै गएको छ जब कि युरोप, अमेरीका, मध्यपूर्व र अन्य देशहरुमा यसले विकराल रुप लिदै गएको छ । यो कोरोना भाईरस विरुद्ध अनुसन्धानहरु चलिरहे पनि अझै एकीन भएको छैन यसको उपचार र भ्याक्सिन ।
कोरोनाले मान्छेमा जति संक्रमण गरीरहेको छ, त्यसरी नै यसले राजनीतिक भाईरसको रुपमा पनि वाद विवाद बढाउदै लगेको छ ।
यसै मेसोमा हालै चीनीया अधिकारीहरुले कोरोना भाईरस वुहानमा अमेरीकी सेना मार्फत आएको हुन सक्ने दावी गरेका छन् ।
चीनीया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले ३ लाख बढी फलोअर भएको ट्वीटर एकाउन्टमा अमेरीकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका रोबर्ट रेडफिल्डले संसदीय समितिमा भाईरसबारे बोलेको भिडियो पोष्ट गरेका छन् । जुन भिडियोमा रेडफिल्डले यस अघि अमेरीकामा केही ईन्फ्लुएन्जाका कारण मरेका मानिसमा कोभिड १९ को भाइरसगँ मिल्ने बताएका छन् । तर उनले ईन्फ्लुएन्जाका कारण कहिले अमेरीकीहरु मरेका हुन् भन्ने खुलाएका छैनन् । यसैलाई आधार बनाएर प्रवक्ता झाओले हुबेई कोरोनाको उत्पत्तिको केन्द्र नभएको दाबी गरेका छन् ।

झाओले अमेरीकामा शुन्य बिरामी थिए ? कति मानिस प्रभावित छन् ? अस्पतालहरुको नाम के हो ? पारदर्शी होऔं , तथ्याकंहरु सार्वजनिक होस् । शायद, अमेरीकी सेनाले यो प्रकोप वुहानमा ल्याएका हुन सक्छन् । ट्वीटरमा लेखेका छन् ।
रेडिफिल्डको यो भिडियो केन्द्रीय टिभी र चीनीया अन्य सञ्चार माध्यममा पनि प्रशारण गरिएको छ । गत अक्टुबर २०१९ मा चीनमा विश्व सैनिक खेलकुदको आयोजना भएको थियो । जहाँ ससारका धेरै देशका सेनाहरु खेलकुदमा भाग लिन पुगेका थिए ।
शुक्रबार मन्त्रालयका अर्का अधिकारी जेङ सुहानले भने, त्याहाँ धेरै विकल्पहरु छन्,कि कोरोनाको उत्पत्ति कुनै पनि अन्तराष्ट्रिय समुदायभित्र भएको हुन सक्छ ।
“चीनले सधैं यो वैज्ञानिक समस्या हो भनेर ध्यान दिन्छ । जसको समाधान वैज्ञानिक र व्यवशायीक ढंगले खोज्नु पर्दछ ।” जेङले भने ।
यस अघि बुधबार अमेरीकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले चीनले कोरोनालाई हल्का रुपमा लिएको र वुहानको प्रकोपलाई लुकाउने कोशिस गरेको आरोप लगाए पछि चीनीया अधिकारीहरुले पनि मिडियामा यस्तो प्रतिकृया दिएका हुन् ।