भारतीय प्रहरीले मुसलमानमाथि दमन र हिन्दु अतिवादीलाई सहयोग पुर्याएको थियो

भारतीय प्रहरीले मुसलमानमाथि दमन र हिन्दु अतिवादीलाई सहयोग पुर्याएको थियो

  • शुक्रबार, फाल्गुन ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

एजेन्सी फागुण ३० । फेब्रुअरी २४ बाट भारतको राजधानी दिल्लीमा शुरु भएको हिंशामा दिल्ली प्रहरीले मुसलमानमाथि दमन गरेको र हिन्दु अतिवादीहरुलाई सहयोग पुर्याएको अमेरीकी सञ्चार माध्यमहरुले जनाएका छन् ।
सो घटनामा ५० भन्दा बढीको मृत्यु भएको थियो भने मुसलमानका मस्जिद, र घरहरु र व्यवशायहरुमा आगो लगाइएको थियो । जस मध्य ३५ जना मुसलमान मारिएका थिए ।
न्यूयोर्क टाईम्समा बिहिबार प्रकाशित रिपोर्ट अनुसार थुप्रै भिडियो फुटेज अनुसार मुसलमान प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको र हिन्दु प्रदर्शनकारीलाई उक्साएको थियो । साथै रिपोर्टमा प्रहरीलाई हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीले राजनीतिकरण गरेको समेत दावी गरिएको छ ।
उमर खालिद नामका एक मुस्लिम कार्यकर्ताले सरकारले सिंगो मुसलमानलाई उनीहरुको घुडामुनी झुक्न र जीवनको भीख मागोस् भन्ने चाहना राखेको आरोप लगाएका छन् ।
पूर्व विधायक सिद्धिकीले पनि भारतीय प्रहरी अति जातिवादी भएको टिप्पणी गरे ।
यद्यपि, भारतीय गृहमन्त्री अमित शाहले प्रहरीको बचाउ गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ