फागुण २८ एजेन्सी । डिसेम्बरबाट फैलिएको कोरोना भाईरसको संकटलाई विश्व श्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरेको छ ।
बुधबार सम्ममा विश्वका एक सय १४ देशमा कोरोना पुगेको छ भने ४२९१ जनाको मृत्यु भएको छ । त्यसै गरी संक्रमितको संख्या एक लाख १८ हजार पुगेको छ ।
चीन पछि बढी ईटाली, ईरान र दक्षिण कोरीयामा यसले ठूलो संकट पैदा गरेको छ । यसै गरी अमेरीका, बेलायत, जापान , जर्मन, क्यानडामा समेत यसले प्रभाव बढाउदै लगेको छ ।
तत्कालै कुनै भ्याक्सिन र औषधी समेत पत्ता नलागेको अवस्थामा अब महामारीको रुपमा कोरोनालाई घोषणा गरिएको छ । यसले संसारभर नै मानवीय जीवन अस्तव्यस्त बनाउन थालेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline