नयाँ दिल्ली फागुण २८ । भारतको उडिसा राज्यको विभिन्न ठाउमा दिनभरी रंगको पर्व होली खेलेर साझ नदीमा नुहाउन गएकाa १५ जनाको डुबेर मृत्यु भएको छ ।
उडिसाको कटकमा कुवाखाई नदीमा नुहाउन गएका बेला २ जनाको बगेर मृत्यु भयो भने रायगडामा तीन जनाको होली पछि डुबेर मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यसै गरी यस्तै भूवनेश्वरमा एक जना , नियाली गाउमा एक जना , परलाखोमुडी, निलगिरी , ईन्द्रावती लगायतका ठाउहरुमा एक एक जनाको मृत्यु भएको छ ।
कुलमा अहिले सम्म १५ जनाको शब बरामद भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline