चीनीया राष्ट्रपति सि वुहानमा, विश्वलाई कोरोनाबाट सुरक्षित राख्न सबैखाले प्रयास गर्ने प्रतिवद्धता

चीनीया राष्ट्रपति सि वुहानमा, विश्वलाई कोरोनाबाट सुरक्षित राख्न सबैखाले प्रयास गर्ने प्रतिवद्धता

  • मङ्लबार, फाल्गुन २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी फागुण २७ । चीनीया राष्ट्रपति सि जिन पिगं कोरोनाबाट प्रभावित वुहान शहरमा पुगेका छन् । त्याहाँ उनले बिरामीहरु र उपचारमा खटिरहेका श्वास्थ्यकर्मीहरुसगँ भेटगरेका छन् ।
कोरोनाको रोकथाम र उपचारका प्रयास भईरहेको सबै अवस्थाको निरीक्षण गर्दै राष्ट्रपति सि ले अन्धकारयुद्ध महामारी विरुद्ध खट्ने सबैलाई धन्यवाद दिदै अब यसलाई पराजीत गर्न नयाँ चरणको प्रयास जारी राख्ने बताए ।
कोरोनाको पत्ता लगाएको वेनसान अस्पताल पुगेर सि ले निरीक्षण गरेका छन् । त्यस पछि जनताको घर घरमा पुगेर उनले स्वक्वारेन्टाईनमा बसेका जनतालाई सहानुभूति दिएका छन् । राष्ट्रपतिले यस अघि कोरोना विरुद्ध आफ्नै नेतृत्वमा जनयुद्ध घोषणा गरेका थिए । अहिले चीनमा कोरोनाको प्रभाव कम हुदै गएको छ । विश्व श्वास्थय संगठनका अनुसार ७० प्रतिशत बिरामी निको भएका छन् ।
यो अन्धकारबाट निस्किएर अब सामाजिक र आर्थिक पक्षहरु पुनः सुचारु हुन थालेकोमा खुसी ब्यक्त गर्दै उनले एक लाख ७० हजार अधिकारीहरुसगँ टेलिकन्फेरेन्स मार्फत बैठक गरेका छन् । साथै यसअवधिमा १४ देशका राष्ट्रप्रमुखसगँ पनि टेलिफोनमा कुराकानी गरेका छन् । यस कुराकानीहरुमा उनले यो महामारी विरुद्ध सहकार्य र सहयोग अभिवृद्धि गर्ने र एकजुट भएर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
सिको यो प्रयासलाई प्रशंसा गर्दै विश्व श्वास्थ्य संगठनका महासचिव टेडेस आधानम गुब्रीयसले धेरै दुर्लभ नेता मध्य एक भएको टिप्पणी गरेका छन् ।
सिले युरोप, अमेरीका, मध्यपूर्वमा बढ्दै गएको कोरोनाको संक्रमण, यसले विश्व अर्थतन्त्रमा पारेको प्रभाव कम गर्दे यसको चूनौती सामना गर्न लाग्ने बताएको चीनीया सञ्चारमाध्यम ग्लोबल टाईम्सले जनाएको छ ।
यस महामारीबाट २ महिनामा चीनमा ३१ सय बढीको मृत्यु भएको थियो भने ८० हजार बढी संक्रमित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ