ईटालीमा कोरोनाले उग्ररुप लिदै, २४ घण्टामा ९७ जनाको मृत्यु: ६ करोड जनतालाई घरमै बस्न अपील

ईटालीमा कोरोनाले उग्ररुप लिदै, २४ घण्टामा ९७ जनाको मृत्यु: ६ करोड जनतालाई घरमै बस्न अपील

  • मङ्लबार, फाल्गुन २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

फागुण २७ एजेन्सी । युरोपेली मुलुक ईटलीमा कोरोनाले उग्र रुप लिदै गएको छ । उसले तीव्र गतिमा काम गरीरहेको जनाए पनि त्याँहा पछिल्लो २४ घण्टामा थप ९७ जनाको मृत्यु भएको छ । यो सगैं त्यस देशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ । त्यसैगरी संक्रमितको संख्या पनि बढेर ९ हजार पुगेको छ । एक करोड ६० लाख मान्छेलाई घरबाट ननिस्कन र हिडडुल नगर्न भनेर भनिए पनि कोरोनाको प्रभाव घटेको छैन ।

ईटाली सरकारले देशको सबै जनतालाई घरैमा बस्न अपील गरेको छ । करीब ६ करोड मानिसलाई घरैमा बस्न अपील गरेको हो । प्रधानमन्त्री गुईसेपे कोन्टेले घरैमा बस्न र आधारभुत भ्रमण गर्नु परेमा सरकारको अनुमति लिन निर्देशन दिएका छन् ।

विमानस्थलमा कडाई, स्कुल कलेज बन्द, कारखाना बन्द , फुटबल सहित सबै खेलकुद बन्द गरिएको छ । सबैको सहकार्यबाट मात्रै कोरोनाको सामना गर्न सकिने कोन्टेले बताएका छन् । चीन पछि सबै भन्दा धेरै मृत्यु हुने देश ईटाली बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ