फागुण २६ एजेन्सी । भारतीय प्रहरीले नागरिकता कानुनले भेदभाव गरेको भन्दै बिरोध गर्दै आएको एक पाकिस्तानी दम्पत्तिलाई आईएससगँ जोडिएको भन्दै पक्राउ गरेको छ ।
दिल्लीको जामिया नगरबाट पक्राउ गरिएको ती मुस्लिम दम्पत्ति जहानजेब समि र श्रीमति हिना बसीर बेगलाई पक्राउ गरिएको हो ।
उनीहरु दिल्लीमा बस्दै आएका थिए । उनीहरुलाई देशद्रोहको र अन्य आपराधीक धारामा मुद्धा चलाउने प्रहरीले तयारी गरेको ईन्डियन एक्सप्रेसले समाचार लेखेको छ ।
दिल्लीमा फेब्रुअरी २४ देखि मुसलमान बिरुद्ध भएको नरसंहारको संसारभरबाट बिरोध भईरहेका बेला नागरिकता कानुन विरोधी कार्य भन्दै मुस्लिमलाई नै धमाधम पक्राउ गर्न थालिए पछि मुसलमानहरु चिन्तित भएको जनाईएको छ ।
पाकिस्तान, टर्की, ईरान लगायतका मुस्लिम राष्ट्रहरुले भारतमा मुसलमानमाथि हिन्दु अतिवादीहरुले ज्यादती गरेको र २० करोड भारतीय मुसलमानमाथि निशाना बनाएको भन्दै बिरोध गर्दै आएका छन् ।