विप्लव नेतृत्वको नेकपा निकट मध्य ब्यूरो अन्तरगत प्रबासी संगठन जनप्रगतिशिल, मोर्चा साउदी क्षेत्रीय समिति दमामले २५ औं जनयुद्ध दिवस मनाएको छ ।
प्रबासी मजदुर एक हौँ नेपालमा बैज्ञानिक समाजबाद ल्याउनु अघि बढौ भन्ने मुल नाराका साथ साउदिको दोस्रो सहर दमामको खोबरमा नेपाली जनप्रगतिशिल मोर्चा क्षेत्रीय समितिले २५ औं जनयुद्ध दिवस मनाउने क्रममा त्यस क्षेत्रको संगठन पुनर्गठन भएको कार्यक्रमका अध्यक्ष परशुराम घर्तीले जानकारी दिए ।
मोर्चाका केन्द्रिय संचिव बिपिन कार्यक्रमका अतिथि रहेका थिए । सो कार्यक्रमको संचालन मोर्चा केन्द्रीय सदस्य क्षेत्रीय सचीव तोया भट्ट मिलनले गरेका थिए । कार्यक्रमका बक्ताहरुले जनयुद्ध दिवस ऐतिहासिक र महान दिन भएको बताएका थिए ।
उनीहरुले यदि त्यो महान जनयुद्ध जनताले नलडेको भए प्रचण्ड जस्ता घाती नेताले गणतन्त्र र समाजबादको हावाको बेलुन फुक्न पाउने थिएनन् भन्दै आक्रोस व्यक्त गरेका थिए ।
यस्तै बोल्ने क्रममा क्षेत्रीय समिति अध्यक्ष प्रसुरामले अबको एकीकृत जनक्रान्तिको आधीले अन्तिम जनताको जित भएर छाड्ने जनाउनु भयो।
जनयुद्ध दिवस क्षेत्रीय समिति पुर्ण गठन कार्यक्रमबाट नव प्रवेशी तथा नयाँ कार्यसमितिका सचिव संकर पौडेलले दसवर्षीय जनयुद्धमा जनमुक्ति सेनामा ज्यानको बाजी थापेर लडेर ल्याएको गणतन्त्रको मालिक प्रचण्ड बाबुरामहरुलाई महासचिव विप्लवले ल्याएका एकीकृत जनक्रान्तिका कार्यदिशाले वैज्ञानिक समाजवाद प्राप्त पछि जनताको जनअदालतमा जफाफ दिनुपर्ने धारणा राखे ।
क्षेत्रीय कार्यसमिती दमामले नया सदस्य थप्दै जिम्मेवारी हेरफेर गरेको छ। जस्मा क्षेत्रीय समिती दमाको अध्यक्षमा प्रसुराम घर्ती मगर सचिव संकर पौडेल उपाअध्यक्ष सुरेन्द्र राना मगर सहसचिव ध्रुव थापा मगर कोषाअध्यक्ष मनोज पटेल क्षेत्रीय सदस्यहरु नन्द श्रेष्ठ दल जित घर्ती मगर अमर बुढा मगर कालीमान बुढा मगर रहेका छन् ।