न्यूयोर्कमा ‘नवराज केसी डे’

न्यूयोर्कमा ‘नवराज केसी डे’

  • सोमवार, पुस ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

७ पुष, काठमाडौं । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका नेपाली नागरिक समाजसेवी नवराज केसी नौलो सफलता पाएका छन् ।
उनलाई अमेरिकन हाउस अफ रिप्रेजेन्टिटिभ र अमेरिकन कंग्रेसकी सदस्य ग्रेस मिङद्वरा हस्ताक्षर गरिएको प्रोकेलेमेसनमा केसीलाई लाईफ टाइम अचिभमेन्ट प्रदान गरिएको छ ।
डिसेम्बर २२ तारिखका दिन केसीलाई भब्य सम्मान प्रदान गरे । अमेरिकाको डिक्युन विश्वविद्यालय पिटस्वर्गबाट ग्लोबल लिडररशिपमा मास्टर्स गरेका केसी बौदिक नेतृत्व क्षमता भएको ब्यक्तिका रुपमा चिनिन्छन् ।
न्यूयोर्कको ज्याक्सन हाइट्समा अबस्थित बयाम्बो हाउस रेस्टुरेन्ट एन्ड बारमा केसीको सम्मानमा भब्य समारोह आयोजना गरिएको थियो ।
कार्यक्रममा ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक एडम्सको बिशेष आथित्यमा कार्यक्रम भएको हो । नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा काउन्सिल मेम्बर फर्नान्डो काब्रेराको पनि सहभागि थिए ।
नबराज केसी रोटरी क्लब कुइन्सका प्रेसिडेन्ट तथा ‘हामी नेपाली’ सस्थाको उपाध्यक्ष पनि हुन । सामाजिक काममा अग्रसर केसी नेपालीहरुमाझ लोकप्रिय छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी