गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्ने

गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्ने

  • बिहिबार, कार्तिक ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

गैरआवासीय नेपाली सङ्घ र र नेपाल उद्योग परिसङ्घले एक आपसमा सहकार्य गर्ने भएका छन् । दुवै संस्थाका पदाधिकारीबीच आज भएको छलफलपछि उक्त समझदारी भएको हो ।

छलफल विशेषगरी नेपालमा लगानी प्रवद्र्धन, विदेशबाट ज्ञान सीप प्रविधि हस्तान्तरण र गैरआवासीय नेपालीलाई नेपालको आर्थिक विकासमा सहभागी बनाउने बारे केन्द्रित रहेको गैरअवासीय नेपाली सङ्घले जानकारी दिएको छ ।

छलफलमा नेपाल उद्योग परिसङ्घका तर्फबाट संयुक्त सहकार्यको विषयमा गैरआवासीय नेपाली सङ्घसँग साझा कार्यसूची बनाएर अगाडि बढ्ने र एक अर्काको चासोलाई सम्बोधन गर्ने विषय समावेश गरिएको थियो । बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल उद्योग परिसङ्घसँग मिलेर काम गर्न र परिणाम देखाउन आफु इच्छुक भएको बताउनुभएको थियो ।

सो अवसरमा दुई संस्थाबीच सहकार्य गर्ने सम्बन्धमा एक सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ । सहमतिपत्रमा गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र नेपाल उद्योग परिसङ्घको तर्फबाट अध्यक्ष सतिशकुमार मोरले हस्ताक्षर गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी