फेसबुकको लापरवाहीः ४० करोड बढी प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक

फेसबुकको लापरवाहीः ४० करोड बढी प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक

  • बिहिबार, भदौ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं १९ भदौ ।
४० करोड भन्दा बढी फेसबुक प्रयोगकर्ताका फोन नम्बरसहितको जानकारी अनलाइनमा सार्वजनिक भएका छन । फेसबुकको सुरक्षा संकटको रुपमा लिइएको पछिल्लो ह्याकमा ४१ करोड ९० लाख (४१९ मिलियन) फेसबुक अकाउन्टका जानकारी सार्वजनिक भएका हुन्
।
जानकारी सार्वजनिक गरिएको सर्भरमा सबैभन्दा बढी अमेरिकाका १३ करोड ३० लाख (१३३ मिलियन), भियतनामका ५ करोड (५० मिलियन) र यूकेका १ करोड ८० लाख (१८ मिलियन) फेसबुक प्रयोगकर्ताका जानकारी छन ।

ती जानकारी संकलन गरिएको फेसबुकको डाटाबेसमा ह्याकरहरुले प्रवेश पाएपछि फेसबुक प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक भएका हुन । उक्त डाटाबेसमा फेसबुक प्रयोगकर्ताका युजर आइडी, लिंग (जेन्डर) तथा फोन नम्बर संग्रह गरिका थिए । कतिपय प्रयोगकर्ताका भौगोलिक स्थान (देश) पनि पाइएको बताइएको छ ।

सो डाटाबेस भएको सर्भरमा पासवर्ड नराखिएकाले जो कसैले पनि उक्त जानकारी हेर्न सक्छन । सो डाटाबेस गत बुधवारसम्म अनलाइन नै थियो । फेसबुकले सो कुरा स्वीकार गरेपनि त्यतिको संख्यामा जानकारी सार्वजनिक भने नभएको बताएको छ । धेरै डाटाहरु दोहोरिएको र अधिकांश डाटा पूराना रहेको उसले जनाएको छ ।

प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक हुँदा ती नम्बरमा अनावश्यक फोन आउने, सीम स्वापिङमार्फत फेसबुकको पासवर्ड परिवर्तन हुन सक्ने जस्ता खतराहरु देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ