चीनले दक्षिण चिनियाँ समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको अमेरिकाको आरोप

चीनले दक्षिण चिनियाँ समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको अमेरिकाको आरोप

  • बुधबार, असार १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, असार १८ ।

अमेरिकाले चीनले दक्षिण चिनियाँ समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल डेभ इस्टबर्नले स्पार्टी टापुनजिकै कुनै कृत्रिम संरचनाबाट क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै यसलाई ‘तर्साउने नियत’ भनेका छन् ।

चिनको उक्त कदम सो क्षेत्रमा शान्ति स्थापना गर्ने दाबीविपरीत भएको पनि बताएका छन् । बेइजिङले सैन्य अभ्यास गरेको स्वीकारे पनि क्षेप्यास्त्र प्रहार गरे वा नगरेको केही जनाएको छैन ।

ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेसिया र भियतनामले उक्त विवादित क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन् ।

चीनले ‘नाइन ड्यास लाइन’ भनिने ठूलो क्षेत्रमा अधिकार दाबी गरेर त्यहाँ कृत्रिम टापुमा सैन्य संरचनाहरू निर्माण गरिरहेको छ ।
बेइजिङले सैन्य अभ्यासका पाँच दिनका लागि स्पार्टी र पारासेल टापुबीचको क्षेत्रमा नआउन पानीजहाजलाई सचेत गराएको थियो ।
अमेरिकाले क्षेत्रीय मामिलामा अनावश्यक उत्तेजना फैलाएको र हस्तक्षेप गरेको चीनको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ