मुम्बईमा भारी वर्षाका कारण जनजीवन कष्टकर, २४ जनाको मृत्यु

मुम्बईमा भारी वर्षाका कारण जनजीवन कष्टकर, २४ जनाको मृत्यु

  • मङ्लबार, असार १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

एजेन्सि, असार १७ ।
भारतको विभिन्न तीन राज्यमा अविरल वर्षाका कारण पर्खाल भत्किदा २४ जनाको मृत्यु भएको छ । ७५ जना घाइते भएका छन् । अविरल वर्षाका कारण भारतको मुम्बई, पुणे र कल्याणमा दर्जनौ पर्खाल भत्किँदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारी वर्षाका कारण मुम्बईमा मात्रै १५ जनाको मृत्यु भएको छ भने कल्याणपुरमा ३ जना र पुणेमा ६ जनाकोे मृत्यु भएको छ । ज्यान गुमाउनेको परिवारलाई सरकारले ५ लाख क्षतिपूर्ति दिने मुख्यमन्त्री देवेन्द्र फडणवीसले बताएको सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहानदेखिको भारी वर्षाले मुम्बईबाट मादगाउँ जाने रेलवेसमेत अवरूद्ध भएको छ ।

मुम्बईका लागि उडेका ५५ हवाई जहाजलाई अन्यत्रै पठाइएको छ । ५२ उडान रद्द गरिएको छ । वर्षा शुक्रबारसम्म जारी रहने जनाइएको छ । भारी वर्षाका कारण मुम्बईमा जनजीवन कष्टकर बनेको छ । शहरका विभिन्न भागमा पानी जमेका कारण मेट्रो र रेल–वे सेवासमेत अवरुद्ध बनेको छ ।

ट्राफिक व्यवस्था अस्तव्यस्त बनेका कारण क्याम्पस तथा विद्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएका छन् । पानीका कारण कयौं सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । प्रतिघण्टा २० मिलिमिटरका दरले आएको पानी घर–घरमा पसेकाले अधिकांश मानिसका सरसामान नष्ट भएका छन् ।

तीन दिनदेखि लगातारको वर्षाका कारण जमेको पानी पन्छाउने प्रयास गरिए पनि भारी वर्षाका कारण सम्भव नभएको उद्धारकर्मीहरुले जनाएका छन् । मुम्बईस्थित अन्तर्रा्ष्ट्रिय विमानस्थलको मूख्य धावनमार्गसमेत बन्द भएको छ ।

विमानस्थलको वैकल्पिक धावनमार्गबाट विमान उडान र अवतरण भइरहे पनि कयौं उडान प्रभावित भएको छ । वर्षा प्रभावितहरुलाई सुरक्षित रहने अपील गरिएको छ । मुम्बईमा हरेक बर्ष भारी वर्षाका कारण जनधनको क्षति हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ