अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, ३४ जनाको मृत्यु

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, ३४ जनाको मृत्यु

  • मङ्लबार, असार १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी, १७ असार । अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विस्फोट हुँदा ३४ जनाको मृत्यु भएको छ । भने अन्य ६८ जना घाइते भएका छन् ।

तालिवानी लडाकुले विस्फोट गराएको आशंका गरिएको छ । विस्फोटपछि सम्भावित तालिवान विद्रोही एक निर्माणाधीन भवनमा छिरेको र सोही स्थानमा सुरक्षाबल र आतंककारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै टोलो समाचार समितिले जनाएको छ ।

सुरुमा विद्रोहीहरुले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारीले सो स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

घाइतेमध्ये कयौंको अवस्था चिन्ताजनक भएको र मृतकको संख्या बढ्न सक्ने पनि आशंका गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ