ट्रम्पको आदेश कार्यान्वयनमा रोक

ट्रम्पको आदेश कार्यान्वयनमा रोक

  • शुक्रबार, असार १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

वासिंटन, असार १३ ।
अमेरिकाको सर्वोच्च अदालतले सन् २०२० मा हुने जनगणनाका क्रममा नागरिकतासम्बन्धी प्रश्न थप गर्ने राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनको निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ ।

ट्रम्प प्रशासनले सन् २०२० मा हुने जनगणनाका क्रममा तत्कालीन समयमा नागरिकताको अवस्थाबारे थाहा पाउन प्रश्न थप गर्ने निर्णय गरेको थियो । तर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले जनगणनामा नागरिकता सम्बन्धी प्रश्न विचलित उद्देश्यसहित आएको उल्लेख गरेका छन् ।

उनले प्रशासनले प्रश्न थप गर्नुपर्ने सही कारण खुलाउन नसकेको भन्दै निर्णय कार्यान्वयन गर्न रोक लगाउने निर्णय भएको बताए । सीमान्तकृत मतदाताको संरक्षणमा सहयोग पुग्ने भएकाले नागरिकतासम्बन्धी प्रश्न थप गर्नुपर्ने ह्वाइट हाउसले दाबी गर्दै आएको थियो । तर, विपक्षीले भने आप्रवासीलाई जनगणनामा सहभागी हुन निरुत्साहित गर्ने भन्दै त्यसको विरोध गरेका थिए ।

सर्वोच्च अदालतले प्रश्न थप गर्न रोक लगाएपछि राष्ट्रपति ट्रम्पले जनगणना नै पछि सार्न प्रयास गर्ने बताएका छन् । अमेरिकी तथ्यांक विभागका विशेषज्ञले नागरिकतासम्बन्धी प्रश्न थप गर्दा जनगणनामा सहभागीको संख्या उल्लेख्य रुपमा घट्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ