उत्तर कोरियाली नेता किम जोङलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चिठी

उत्तर कोरियाली नेता किम जोङलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चिठी

  • आइतवार, असार ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सि, असार ८ ।
उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई व्यक्तिगत चिठी लेखेको बताएका छन् । कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार, अमेरिकी राष्ट्रपति ट्रम्पले लेखेको चिठीलाई किम जोङले ‘उत्कृष्ट’ बताउँदै गम्भीर विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।

उत्तर कोरियाली नेता किमले चिठीको प्रशंसा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पको ‘असाधारण साहस’ को तारिफ पनि गरेका छन् । यद्दपि ट्रम्पले पठाएको चिठी किमले कहिले र कसरी प्राप्त गरे भन्ने विषयमा केही बताइएको छैन ।

यो महिनाको सुरुमा नै अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा सुन्दर चिठी उत्तर कोरियाली नेता किमलाई पठाइएको बताएका थिए । बितेका केही महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमको पक्षमा नै बोल्दै आएका छन् ।

गएको मे महिनामा जापना भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई ‘निकै चतुर व्यक्ति’ बताउँदै उत्तर कोरियाबाट निकै सकारात्मक कामको अपेक्षा गरेको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ