बलात्कार आरोप लागेपछि अमेरीकी राष्ट्रपति ट्रम्पद्वारा खण्डन

बलात्कार आरोप लागेपछि अमेरीकी राष्ट्रपति ट्रम्पद्वारा खण्डन

  • आइतवार, असार ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी, असार ८ । एक जना महिलालाई बलात्कार गरेको भन्ने आरोप लागेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आरोपको खण्डन गरेका छन् ।

ट्रम्पले आफूले ई. जीन क्यारोल भन्ने महिलालाई कहिल्यै नभेटेको र उनले आफ्नो नयाँ किताबको बिक्री बढाउन त्यस्तो आरोप लगाएको बताएका छन् ।

क्यारोलले अमेरिकी राष्ट्रपति ट्रम्पले आफुमाथि बलात्कार गरेको समाचार न्युयोर्क टाइम्समा प्रकाशित गरेकी थिइन् । लेखमा उनले आफूले मुद्दा नजित्ने भएपछि प्रहरीमा उजुरी नदिएको उल्लेख गरेकी छन् ।

ट्रम्पले सन् १९९५ मा डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुपमा आफूलाई बलात्कार गरेको क्यारोलको जिकिर छ । ट्रम्पले आफूमाथि एक दर्जनभन्दा बढी महिलाले लगाएको बलात्कारको आरोपहरू अस्वीकार गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ