सुपुर्दगी विधेयक स्थगित भएको घोषणा गरे पनि हङकङमा प्रदर्शन जारी, विधेयक खारेज गर्न माग

सुपुर्दगी विधेयक स्थगित भएको घोषणा गरे पनि हङकङमा प्रदर्शन जारी, विधेयक खारेज गर्न माग

  • शनिबार, असार ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी, ७ असार । विवादास्पद सुपुर्दगी विधेयक स्थगित भएको घोषणा गरे पनि हङकङमा प्रदर्शन भने रोकिएको छैन । विधेयक खारेज नै गर्नुपर्ने माग गर्दै हङकङका हजारौं नागरिकले प्रहरी मुख्यालय घेराउ गरेका छन् ।

हङकङका प्रमुख कार्यकारी क्यारी लामले विधेयक स्थगित भएको घोषणा गरेका थिए ।कार्यकारी प्रमुख लामले जुन १२ मा प्रदर्शनलाई साम्य बनाउन विवादास्पद विधेयक स्थगित गरेको घोषणा गरेका थिए । तर प्रदर्शनकारीहरुले विधेयक खारेज नै गर्न माग गर्दै आएका छन् । उनीहरुले विवादास्पद विधेयक खारेज नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

हङकङमा करिब दुई सातादेखि सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन भइरहेको छ । पछिल्लो प्रदर्शन प्रहरीको मुख्यालय बाहिर भएको हो । सरकारी मुख्यालय र विधायक काउन्सिल अगाडि जम्मा भएका प्रदर्शनकारीहरुले प्रहरी मुख्यालय घेराउ गरी विवादास्पद विधेयक खारेजीको माग गरेका हुन् ।

प्रदर्शनमा सहभागी भएकाहरुले विधेयक खारेज गर्नुका साथै यसअघिको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । केही प्रदर्शनकारीले राजश्व भवनलाई समेत घेराउ गरेका छन् । प्रदर्शनकारीहरुका कारण हङकङमा सरकारी कामसमेत ठप्प भएका छन् ।

आपतकालीन सेवासमेत प्रभावित हुँदै गएका छन् । हङकङका प्रहरीले प्रदर्शनकारीहरुलाई शान्ति कायम गर्न र आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।प्रदर्शनका कारण आपतकालीन सेवामा असर परेको भन्दै प्रहरीले प्रदर्शन रोक्न आग्रह गरेको हो । दुई सातादेखिको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडपसमेत भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ