चिनियाँ राष्ट्रपति सी कोरियाको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

चिनियाँ राष्ट्रपति सी कोरियाको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

  • शुक्रबार, असार ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

एजेन्सी, ६ असार ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन् । दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार प्योङयाङ पुगेका राष्ट्रपति सी शुक्रवार स्वदेश फर्किएका चिनियाँ समाचार समिति सिन्ह्वाले जनाइएको छ ।

चिनियाँ राष्ट्र प्रमुखबाट १४ वर्षपछि यो पहिलो पटक उत्तर कोरियाको भ्रमण हाे ।  उत्तर काेरीया भ्रमणका क्रममा सिले  उत्तर कोरियाली नेता किम जोङ अनसँग द्विपक्षीय वार्ता गरेका थिए । चीन र उत्तर कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको यस वर्ष यी दुई देशले ७० औँ वर्षगाँठ मनाइरहेका छन् । यसै उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको औपचारिक भ्रमणका लागि पुगेको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ् अनको उपस्थितिमा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउने सम्बन्धी एक सम्झौतामा पनि बिहीबार हस्ताक्षर भएको थियो । आर्थिक तथा पराम्परागत सम्बन्ध कायम रहँदै आएका यी दुई देशबीच राष्ट्रपति सिको यस भ्रमणबाट परम्परागत सम्बन्धमा नयाँ अध्याय सुरु भएको प्रतिक्रिया राष्ट्रपति सिले नै दिएका छन् । राष्ट्रपति सिले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको धारणा उत्तर कोरियामा रहँदा व्यक्त गरेका थिए ।

चीन र उत्तर कोरियाबीचको असल सम्बन्धले दुई देश र ती देशका नागरिकका साथै विश्व तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि प्रत्यक्ष रुपमा लाभ पुग्ने धारणा चिनियाँ राष्ट्रपति सिले राखेका थिए । उनले आफ्नो भ्रमणको एक दिन अघि उत्तर कोरियाको सरकारी पत्रिका रोडोन सिनमुनमा बुधबार प्रकाशित आफ्नो लेखमा उक्त कुरा उल्लेख गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ