आयरल्यान्ड बस्ने नेपालीका समस्याबारे छलफल

आयरल्यान्ड बस्ने नेपालीका समस्याबारे छलफल

  • शुक्रबार, जेष्ठ १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

आयरल्यान्ड । नेपाली कांग्रेसको आयरल्यान्डस्थित नेपाली जनसम्पर्क समितिको वैदेशिक रोजगार तथा आप्रवासन विभागले कर्क शहरमा बस्ने नेपालीका समस्याका बारे अन्र्तक्रिया गरेको छ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले विदेशमा रहने नेपालीहरू आपसमा सहकार्य गर्दै मिलेर बस्नुपर्ने बताए।  पूर्वमन्त्रीसमेत रहेका बलायरले अहिले नेपालको कम्युनिस्ट नेतृत्वको सरकारले चौतर्फी दृष्टिकोणबाट देशलाई कङ्गाल बनाएको बताउदै देशमा रोजगारको अवसर सृजना गरि विदेशीएका नेपालीहरूलाई स्वदेश फिर्ता गर्ने वातावरण बनाउनुपर्ने बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नवराज कोईरालाले विदेशमा रहेका नेपालीहरू आफ्नो संस्कृतिबाट टाढा रहन नसक्ने र गैर आवासीय नेपालीलाई पनि नेपाली नागरिकता दिनुपर्ने धारणा राखेका थिए। नेपाली जनसम्पर्क समिति आयरल्याण्डका अध्यक्ष शुक्रराज न्यौपानेले आयरल्याण्डमा समस्या परेका हरेक नेपालीलाई समितिले सहयोग गर्दै आएको बताए। आयरल्याण्डका कोषाध्यक्ष लक्ष्मी सापकोटाले  स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका सहमहामन्त्री अंकित वलीले गरेका थिए।

कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष गणेश प्रसाईं , आईसीसी मेम्बर राजन काफ्ले , कर्क नेपाली समाजका अध्यक्ष लोकनाथ त्रिपाठी, लिम्रिक समाजका अध्यक्ष लक्ष्मी पौडेल, नर्धन आयरल्यान्डका अध्यक्ष लिलारम निउरे ,नारायण कडेँल, वसन्त न्यौपाने, वीरेन्द्र अधिकारी, अमृत जोशी, लोकेश धामी ,सन्जय अधिकारी, राम गुरूङ्ग, रुपेश रेग्मी राजकुमार महतलगायत आयरल्याण्डमा रहेका अधिकांश संस्थामा आबद्ध नेपाली उपस्थित थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी