ब्राजिलका कारागारमा ४२ जना मृत अवस्थामा भेटिए

ब्राजिलका कारागारमा ४२ जना मृत अवस्थामा भेटिए

  • मङ्लबार, जेष्ठ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी, १४ जेठ । ब्राजिलका विभिन्न चार कारागारमा ४२ जना मृत अवस्थामा फेला परेका छन् । अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको भोलिपल्ट यति ठुलो सङख्यामा कैदीको मृत्यु भएको खुलासा भएको हो ।

अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीबन्दीको ज्यान गएको हुनसक्ने बताइएको छ । ब्राजिलका अधिकारीहरुले कारागारभित्रको झडप अन्त्य गर्न र अवरोध हटाउन निर्देशन दिएका छन् ।

आइतबार मात्रै अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको थियो ।
अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा कैदीबन्दीले दाँत माझ्ने ब्रस र चक्कुलगायतका सामान प्रयोग गरी एक अर्कामाथि आक्रमण गरेको कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले बताए ।

यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६ जनाको मृत्यु भएको थियो । ब्राजिल विश्वमै तेस्रो धेरै कैदीबन्दी रहेको मुलुक हो । सरकारी तथ्यांक अनुसार ब्राजिलमा गत अप्रिलसम्म ७ लाख १२ हजार ३०५ जना कैदीबन्दी छन् । तर ब्राजिलका कारागारको क्षमताभन्दा दोब्बर बढी मानिस थुनामा रहेका छन् ।

सन् २०१६ मा कारागारका क्षमता करिब तीन लाख ६८ हजार मात्र थियो । निकै भिडभाड देखिने ब्राजिलका कारागारमा ग्याङ भिडन्त हुने गरेको छ । यहाँ कारागारभित्र दंगा भड्किने र कारागार तोड्ने प्रयास पनि बेलाबखत भइरहन्छन् ।अमेजोन जंगल नजिकको बेलेम कारागारमा गत अप्रिलमा भएको यस्तै भिडन्तमा २१ जना कैदीबन्दीको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ