खराव मनसायले काम नगर्ने मोदीको प्रतिबद्धता, मतदातालाई धन्यवाद दिदै भने– ‘शीर झुकाएर नमन गर्छु’

खराव मनसायले काम नगर्ने मोदीको प्रतिबद्धता, मतदातालाई धन्यवाद दिदै भने– ‘शीर झुकाएर नमन गर्छु’

  • शुक्रबार, जेष्ठ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

एजेन्सी, १० जेठ ।

भातीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी दिनमा कुनै पनि खराव मनसायका साथ काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आफ्नो पार्टी र गठबन्धनलाई ऐतिहासिक जनादेश पाएपछि नयाँदिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा आयोजित विजयी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले खराव नियतले केही नगर्ने बताउनु भएको हो ।

देशभरका करोडौं नागरिप्रति शीर झुकाएर नमन गर्ने बताउदै उहाँले काम गर्दा कुनै गल्ती पनि हुनसक्ने तर त्यसलाई सुधार गरि आफूलाई जनताले दिएको विश्वास टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चुनावी प्रक्रिया राम्रोसँग सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई समेत उहाँले बधाई दिनुभयो । प्रधानमन्त्री मोदीले १ अर्ब ३० करोड भारतीयले श्रीकृष्णका रुपमा जवाफ दिएको टिप्पणी गर्दै यो चुनाव कुनै उम्मेदवार वा पार्टी नभएका जनताले लडेको बताउनु भयो ।

भारतमा भएको निर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टी भाजपाले कूल ५ सय ४३ सिट संख्यामध्ये ३ सय सिटभन्दा बढीमा जित हात पारेको छ । उसको गठबन्धन एनडीए ३४९ सिटमा विजयी भएको छ ।

भाजपा र उसको गठबन्धनले सन् २०१४ मा भएको निर्वाचनको भन्दा बढी मत प्राप्त गरेको छ । प्रमुख विपक्षी दल कंग्रेसले ५३ सिट मात्र जितेको छ । कंग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीले बेहोरेको हार स्वीकारे गरिसक्नुभएको छ ।

भारतमा कुनै पनि दल वा गठबन्धनलाई लोकसभामा बहुमत प्राप्त गर्न कम्तिमा २७२ सीट आवश्यक पर्छ । सन् २०१४ मा भाजपा एक्लैले २८२ सिट जितेको थियो जुन पछिल्लो तीन दशकमा कुनै पनि राजनीतिक दलले प्राप्त गरेको सबैभन्दा ठूलो जित थियो ।

उक्त चुनावमा भाजपाको गठबन्धनले संसद्मा कुल ३३६ सिट ओगट्न सफल भएको थियो ।सन् २०१४ को चुनावमा कंग्रेसले ४४ सीट जितेको थियो भने उसको गठबन्धनसहित जम्मा ६० सीट पुगेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ