भारतमा नरेन्द्र मोदीको ऐतिहासिक जित, पाँच बर्षका लागि पुनः मोदी

भारतमा नरेन्द्र मोदीको ऐतिहासिक जित, पाँच बर्षका लागि पुनः मोदी

  • बिहिबार, जेष्ठ ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

९ जेठ, काठमाडौं । भारतकाे लोकसभा चुनावमा नरेन्द्र मोदी गठबन्धनले ऐतिहासिक जित हात पारेकाे छ । यससँगै भारतमा फेरि ५ वर्ष मोदी शासन पक्का भएको छ ।

जारी मतगणनाले भाजपा एक्लै बहुमत र एनडीए गठबन्धन ३४८ सिटमा जित देखिएकाे छ । चुनावमा पश्चिम बंगालमा भाजपाले ऐतिहासिक सफलता पाएको छ भने उत्तर प्रदेशमा महागबन्धनले धेरै क्षति पुर्‍याउन सकेन । नितिशकुमारको साथ पाएपछि भाजपाले विहारमा पनि आफ्नो बलियो उपस्थिति कायमै राख्यो । मोदीको गृह प्रदेश गुजरातमा भारतले क्लिन स्वीप गर्‍यो ।

भाजपाले मध्यप्रदेशमा २९ मध्ये २८ र राजस्थानमा २५ मध्ये २४ सिटमा जिन्मुख छ ।तमिलनाडूमा भने यो पटक मोदीको जादू चलेन । त्यहाँ उसले एक सिट पनि नजित्ने देखिएको छ । केरालामा पनि भाजपाले एक सिट पनि जित्न सकेन ।

लोकसभा चुनावमा पाएको ऐतिहासिक सफलतासँगै भाजपा कार्यकर्ताले देशभर खुसी मनाएका छन् ।

दिल्लीस्थित मुख्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहले सम्बोधन गरेका छन् । मोदीले यो आफ्नो नभई लोकतन्त्रको जित भएको बताए । उनले भने ‘यो चुनाव कुनै दल वा उम्मेदवारले नभएर जनताले लडेका हुन्’, उनले भने, ‘महाभारत युद्धपछि कसको पक्षमा हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा कृष्णले भन्नुभएको थियो, ‘म कसैको पक्षमा छैन। हस्तिनापुरको पक्षमा छु।’ भारतीय जनता पनि मुलुकको पक्षमा छन्।’

मोदीले विजयीसभामा भारतीय नागरिकप्रति शिर झुकाएर नमन गरे। ‘म भारतका १३० करोड नागरिकलाई शिर झूकाएर नमन गर्छु’, उनले भने, ‘लोकतान्त्रिक विश्वमा २०१९ को यो चुनाव र मतदानको आँकडा सबैभन्दा ठूलो घटना हो।’ देश स्वतन्त्र भएपछिका सबै लोकसभा चुनाव मध्ये यसपटकको चुनावमा सबैभन्दा बढी मतदान भएको उनले बताए।

कांग्रेसले २०१४ को तुलानामा केही सिट बढी जितेको छ । तर, मोदीको विजय रथ रोक्न अध्यक्ष राहुल गान्धी पूर्ण रुपमा असफल भएका छन् । उनले हार स्वीकार गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै राहुलले चुनावी हारको जिम्मेवारी आफूले लिने बताएका छन् । तर, विचारधाराको लडाई जारी रहेको भन्दै विचलित नहुन पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ