भारतको लोकसभा निर्वाचनको मतगणना आजबाट सुरु हुँदै

भारतको लोकसभा निर्वाचनको मतगणना आजबाट सुरु हुँदै

  • बिहिबार, जेष्ठ ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी, ९ जेठ । भारतको लोकसभा निर्वाचनको मतगणना आजबाट सुरु हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणता आजदेखि सुरु हुन लागेको हो ।

विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले आज साँझसम्ममा अधिकांश स्थानको नतिजा आउने भारतीय सन्चारमाध्यमले जनाएका छन् । मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पार्नुका साथै मतगणनाका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

सात चरणमा सम्पन्न निर्वाचन गत अप्रिल ११ बाट सुरु भई यही मे १९ तारिखमा सकिएको थियो ।

चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन नै विजयी हुने मत सर्वेक्षणहरुले ठहर गरेका छन् ।

भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) बहुमत स्थानमा जित हात पार्ने देखिएको हो । सर्वेक्षणहरुले एनडीएले २ सय ८० देखि ३ सय सिट जित्ने अनुमान गरेका छन् ।

लोकसभामा बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्छ । सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित जस्तै देखिएको छ ।

भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपीए)ले करिब १ सय ४० सिट जित्ने मत सर्वेक्षणमा देखिएको छ ।

यता,सर्वेक्षणहरूले देखाएका नतिजालाई विपक्षी नेताहरूले अस्वीकार गर्दै आएका छन् ५ वर्षअघिको चुनावमा भाजपाले एक्लै २ सय ७२ स्थानमा जित हात पारेको थियो । विपक्षी कांग्रेस ४४ सिटमा सिमित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ