विप्लव निकट कतार मोर्चाले मनायाे २४औ जनयुद्ध दिवस, सहिद परिवारलालाई सम्मान

विप्लव निकट कतार मोर्चाले मनायाे २४औ जनयुद्ध दिवस, सहिद परिवारलालाई सम्मान

  • शनिबार, माघ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 26.9K
    SHARES

कतार ।

कतार स्थित नेपाली मजदुरहरुको प्रतिधित्व गर्दै आएको नेपाली जनप्रगतिशिल मोर्चा कतारले मजदुर हकिकत तथा उत्पीडित वर्गको सिमित मागहरुलाई आफ्नो प्रमुख एजेन्डा बनाएर आजभन्दा २४ बर्ष अगाडी तत्कालिन नेकपा (माओवादी) ले उद्घोष गरेको महान जनयुद्ध लाई सम्झदै विभिन्न चरणका कार्यक्रमहरु गर्दै जनयुद्ध दिवसको २४औं बर्षगाठ समपन्न गरेको छ।

मोर्चा महासचिव जयकिशोर पोद्दार द्वारा संचालित कार्यक्रमलाई मोर्चा अध्यक्ष शिशिर भण्डारी ले कार्यक्रम को अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टिका मध्यपुर्व सेक्रेटरी तथा कतार मोर्चा सल्लाहकार प्रमुख रमेश गिरीको प्रमुख उपस्थिति रहेको थियो।

साथै सल्लाहकार सदस्यहरु रेशम पौडेल, श्रीकृष्ण भट्टराई, राजेन्द्र लिम्बू, टीका नेपाली लगायतकाे उपस्थिती थियाे ।  १० बर्षे जनयुद्धमा सहादत प्राप्तगर्ने महान सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै सुरु भएको कार्यक्रममा जनयुद्ध कै क्रममा दाजु गुमाउनु भएका गोमा मगर र बुवा गुमाउनु भएका बिर्ख शाहीलाइ दोसल्ला ओढाई सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा बोल्दै महिला प्रमुख जमुना श्रेष्ठले आधा आकाश ढाकेमा महिलाहरु मुक्तिका निमित्त ससक्त हुनुको बिकल्प नहरेको बताउदै जो जहाँ रहेपनी देश जनता र महिला मुक्तिको संघर्षमा सबै एक भएर अगाडी बढ्नु पर्ने जोड दिनु भयो। उहाँले नेपालीले अबको क्रान्ती निर्णायक हुने भएकोले युवाहरुको उत्साहलाई सस्थागत गर्दै संगठित भएर अगाडी बढ्न सुझाव दिनु भएको थियो।

क. मार्क्स क.लेनिन र क. माओ ले विश्व कम्युनिस्ट आन्दोलनमा प्राप्तगर्नु भएको सफलता को व्याख्या गर्दै रमेश गिरिले जनयुद्ध दिवसको २४औं बर्षगाठ सम्म आईपुदा, देशमा भएका विभिन्न उतार चढाव हरुका बावजुद पनि युवाहरुमा देखिएको उत्साहले नयाँ नेपाल निर्माण गर्न एकीकृत जनक्रान्ती को बिकल्प न रहेको र यो जिम्मेवारी युवाहरुले नै पूरा गर्नेछ भन्ने आशा दर्शाउदै यो उत्साहलाई अन्तिम सम्म निरन्तरता दिन पनि उपस्थित सबैमा सुझाव राख्नु भयो।

कार्यक्रममा सल्लाहकार रेशम पौडेल, श्रीकृष्ण भट्टराई र राजेन्द्र लिम्बूले पनि क्रान्तिमा सहयोगका लागि प्रतिबद्ध रहेको जिकिर गर्नु भएको थियो। कतारको लामो बसाईलाई बिटमार्दै एकीकृत जनक्रान्तीमा आफ्नो प्रत्येक्ष योगदान दिने सोचले स्वदेश फर्किन लाग्नु भएका मोर्चा कोषाध्यक्ष गणेश बि क लाई उहाको योगदानको कदर गर्दै, स-सम्मान बिदाई गर्दै उहाको स्थानको परिपुर्ति गर्नका निमित्त मोर्चा सचिव रविन पुन लाई कोषाध्यक्षमा नियुक्ति गरियो भने सदस्य बेद बोहोरा लाई सचिव तथा थप रिक्त स्थान मा विभिन्न इकाईका जिम्मेवार चार जना कामरेडहरुलाई केन्द्रिय समिती सदस्यमा नियुक्ति गरियो।

साथै कार्यक्रमकै क्रममा अध्यक्ष सुरेन्द्र चाैधरि,सचिव गाैरब सुर्यबन्सी, कोषाध्यक्ष थमन बहादुर, सदस्यहरुमा : सुभास तामाङ, महेन्द्र सुनार, कृष्णमान श्रेष्ठ, देमान थापा, जित बहादुर चाैधरि, कुमार कार्कि, मदन कुमार बान्तावा राई गरि ११ सदस्या इकाई समेत गठन गरिएकाे छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी