खड्ग जोगीलाई नेपाल फर्काउन मलेसियाबाट ४ लाख सहयोग

खड्ग जोगीलाई नेपाल फर्काउन मलेसियाबाट ४ लाख सहयोग

  • बिहिबार, पुस २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.2K
    SHARES

तेह्रथुम । युएईको जेलमा रहेका तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम-मलेसिया सम्पर्क मञ्चले ४ लाख रुपैयाँ सहयोग गरेको छ ।

मञ्चले मलेसियामा संकलन गरेकोे ४ लाख ६० रुपैयाँ रकम जोगीको परिवारलाई हस्तान्तरण गरेको हो ।

घर फर्काउ अभियानमार्फत संकलन गरेको रकम मञ्चले परिवारलाई उपलब्ध गराएको फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बाले जानकारी दिए ।

मादेम्बाको अगुवाइमा संकलन भएको ६४ हजार १ सय रुपैयाँसमेत परिवारलाई हस्तान्तरण गरिएको छ ।

२०७० सालमा युएई गएका जोगी फिलिपिनी नागरिकको हत्या आरोपमा चार वर्षदेखि जेल सजाय भोगिरहेका छन् ।

खड्गबहादुरलाई अदालतले ५ वर्ष कैद र दुई लाख दिर्हाम जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । जोगी अहिले युएईको आबुधावीमा रहेको अलवात्बा जेलमा छन् ।

जोगीलाई नेपाल फर्काउन आवश्यक ६२ लाख रुपैयाँ जुटाउन देश विदेशमा अभियान चलेको छ ।

अहिलेसम्म आवश्यक रकम जम्मा भइसकेको खड्गबहादुर जोगी बचाऊ अभियानका अध्यक्ष दुर्गा गिरीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी