विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनप्रगतिसिल मोर्चा मलेशियाका महासचिव अर्जुन सुवेदीलाई आज मोर्चाले मलेशिया को राजधानी क्वालालम्पुरमा एक कार्यक्रमको आयोजना गरि बिदाइ गरेको छ ।
मोर्चाका अध्यक्ष विस्फोटको अध्यक्षतामा भएको कार्यक्रममा मलेसिया पार्टी संयोजक महेश शर्मा ओलि रहेका थिए ।
कार्यक्रममा बोल्दै महासचिव अर्जुन सुवेदीले आफुले नेपाल गएर पनि पार्टी क्रान्ति र मजदुर हरुको निम्ति अझ सशक्त रुपमा लागि पर्ने भन्दै मोर्चा र विदाइ कार्यक्रममा उपस्थित सम्पुर्ण पदाधिकारी लाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।
यसै कार्यक्रम मार्फत दिलिप भट्टराई समर्पण पनि मोर्चामा जोडिएका छन् । भट्टराई विगत डेढ वर्ष अगाडि देखि स्वतन्त्र रहदै आएका थिए ।
पछिल्लो चरणमा विप्लव नेकपा बाहेक अरु कसैले पनि नेपाली क्रान्ती लाई अगाडि बढाउन नसक्ने निष्कर्ष सहित आफू पुन नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशिल मोर्चा जोडिएको भ्टराईले बताए ।
कार्यक्रममा प्रमुख अतिथी महेश शर्मा ओलि ले सुवेदीले मलेशिया रहदा मोर्चा र मजदुर प्रती पुर्याएको सहयोगको मोर्चा ले सदैव सम्मान गर्ने बताए ।
कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष विस्फोट मगरले पनि महासचिव ले निभाएको भूमिकाको प्रशसा गरे ।