क्याथोलिक पादरीलाई मार्न फिलिपिन्सका रास्ट्रपतिको निर्देशन

क्याथोलिक पादरीलाई मार्न फिलिपिन्सका रास्ट्रपतिको निर्देशन

  • शुक्रबार, मंसिर २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले क्याथोलिक पादरीहरुविरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन् । उनले आफ्नो मुलुकका क्याथोलिक पादरीहरुलाई ‘बेकामी मुर्ख’ भन्दै उनीहरुलाई हत्या गर्नुपर्ने चेतावनी दिएका छन् ।

बुधबार भाषणको क्रममा राष्ट्रपति रोड्रिगोले भने, ‘ती मुर्ख र बेकामी पादरीहरुलाई मारिदेऊ ! तिनिहरु आलोचना मात्रै गर्छन् ।’

स्थानीय सरकारी अधिकारीहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । रोड्रिगोले फिलिपिन्समा रहेका क्याथोलिक चर्चलाई ‘अति ढोंगी संस्था’भन्दै आफूले पुज्ने देवता फरक भएको दावी गरेका छन् ।

‘मैले भगवानमा विश्वास गर्दिन भनेर कहिल्यै भनेको छैन । के मात्रै भन्छु भने तिमीहरुका भगवान मुर्ख हुन् । मैले पुज्ने देवता समझदार छन् । मैले पादरीहरुलाई भनेको यही हो । र मैले आफूलाई अनिश्वरवादी पनि कहिल्यै भनेको छैन ।’

फिलिपिन्सको जम्मा १० करोड जनसंख्यामध्ये ९० प्रतिशत जनसंख्या क्याथोलिक रहेको तथ्यांक छ । दुतेर्तेले भने धर्मको विषयमा यसअघि पनि विवादास्पद अभिव्यक्ति दिएका छन् । यसअघि धर्म र ईश्वरमाथि नै आपत्तिजनक अभिव्यक्ति दिएका उनले आलोचना भएपछि आफूले ठट्टा गरेको प्रतिक्रिया दिएका थिए ।

यही डिसेम्बरयता फिलिपिन्समा तीनजना क्याथोलिक पादरीको हत्या भइसकेको छ । यसबीचमा यहाँ क्याथोलिक र विरोधीबीच धार्मिक द्धन्द्ध हुँदै आएको छ । ‘तिनिहरुले हाम्रो समूदायको हत्या गरिरहेका छन्, हाम्रो नै हत्या गरिरहेका छन् । तिनिहरुले हाम्रो आस्थाको हत्या गर्दै छन् । र हाम्रो चर्चमाथि श्राप दिइरहेका छन्’ उनले झण्डै वर्षदिनअघि भनेका थिए ।

त्यसबेला पनि उनको विरोध भएको थियो । रोड्रिगो दुतेर्ते आफैँ क्याथोलिक क्रिश्चियन हुन् । तर उनका पछिल्लो अभिव्यक्ति यसविरुद्ध आएका छन् । आफ्नो आलोचना गर्ने कुनै नैतिक अधिकार नभएको भन्दै उनले क्याथोलिक चर्चविरुद्ध आलोचना गरेका हुन् । साथै उनले विश्वभर क्याथोलिक चर्चमा पादरीहरुले नै यौन हिंसा गर्ने आरोप पनि लगाएका थिए । उनले सन् २०१६ मा पनि यस्तै धार्मिक नेतृत्वमाथि आरोप लगाएर पछि माफी समेत मागेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ