जनप्रगतिशील मोर्चा पोर्चुगलले गर्याे वैज्ञानिक समाजवाद प्राप्तिका लागि एकीकृत जनक्रान्तिलाई सहयोग गर्न आव्हान

जनप्रगतिशील मोर्चा पोर्चुगलले गर्याे वैज्ञानिक समाजवाद प्राप्तिका लागि एकीकृत जनक्रान्तिलाई सहयोग गर्न आव्हान

  • बुधबार, मंसिर १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 19K
    SHARES

‘शान्ति, समानता, स्वाधिनता र सम्वृद्धिको लागि वैज्ञानिक समाजवादको मार्गमा अगाडि बढौं । सम्पूर्ण प्रवासी नेपालीहरु एकजुट बनौ।’ भन्ने मूल नाराका साथ नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न गरेको छ ।

विप्लव नेतृत्वाे नेकपाको कार्यदिशालाई समर्थन गर्ने मोर्चाको अधिवेशन आयोजक समितीका संयोजक ईन्द्र न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाली जनप्रगतिशील मोर्चा, युरोपका अध्यक्ष बिष्णु भुजेल रहेका थिए । त्यसै गरी नेपाली जनप्रगिशील मोर्चा, बेल्जियमका अध्यक्ष मेख गुरुङ, उपाध्यक्ष रकेन्द्र घिमिरे, महासचिव माकुना राइ, सदस्य निरज बान्तवा राइ र नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीका अध्यक्ष शेरबहादुर तुम्बापो लगायतका सदस्यहरुको उपस्थिती रहेको थियो ।

विविध अप्ठ्यारा र बाध्यताबस प्रवासिएका नेपालीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय पूँजीवादी, सामन्ती दलालहरुको बिरुध्दमा एकजुट हुनुपर्दछ र समग्र देशभक्त, देशप्रेमीहरु मिलेर अगाडी बढ्नु पर्दछ भन्ने मान्यताका साथ आयोजना गरेको उक्त कार्यक्रममा बिभिन्न नेपाली संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

अधिवेशनका प्रमुख अतिथि बिष्णु भुजेलले बर्तमान राजनिति परिस्थीतिको बारेमा जानकारी गराउदै नेकपाले सशस्त्र युद्धको घोषणा गरिनसकेको र पार्टी नेता सबै जनताको बिचमा रही आएको कुरा अवगत गराउदै बरु सरकार बिभिन्न बहानामा पार्टीका नेता, कार्यकर्तालाई धरपकड गरेकोमा खेद व्यक्त गरेका थिए । यसै क्रममा यदी सरकार यही रबैयामा चलिरहने र जनताको आवजलाई दमन बाट सिद्ध्याउने कुचेष्टा गर्ने हो भने बाध्यताबस युद्धमा होमिनु पर्ने कुरा जनाएका थिए ।

अध्यक्ष भुजेलले नेपालको परिवेसमा वारपारको युद्ध चले पनी प्रवासमा रहेका हामी नेपालीहरु एक आपसमा मिल्नुको विकल्प नरहेको जानकारी गराए । बेपत्ता योद्धा परिवार समाजका सल्लाहकार राम भण्डारीले सबै खाले उत्पिडनको बिरुद्धमा बिकास भएको जनयुद्ध, जनआन्दोलको औचित्य नै समाप्त पार्न लागेको बेला पार्टी र क्रान्तिलाई पुनर्गठन गर्दै एकिकृत जनक्रान्तिको कार्यदिशमा अघि बढेको पार्टी र नेतृन्त्वलाई साथ दिन आग्रह गरे ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले राजनीति गर्दै रहदा पनि नेपालीहरु मनमुटाव नगरेर सामाजिक बन्न अनुरोध गरे । प्रवासी नेपाली मञ्चका वरिष्ठ उपाध्यक्ष रोबोट लिम्बुले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न गम्भीर रहेको दावी गरे । नेपाली जनसम्पर्क समितिका अध्यक्ष बिनोद घिमिरेले सरकारको आलोचना गर्दै शान्तिपूर्ण आन्दोलन, छलफल र वार्ताबाटै समस्या समाधान गर्न अनुरोध गरे ।

नेपाली जनप्रगतिशील मञ्चका कार्यबाहक अध्यक्ष डोलराज भण्डारीले विप्लव समर्थकहरुले पूर्व एमाओवादीसमर्थकहरुलाई शत्रुजस्तो देख्ने र आफूहरुले उनीहरुलाई शत्रुजस्तो सम्झने गरेको तर यसो गर्नु गलत रहेको बताए । यसैगरी कार्यक्रममा मोर्चाका बेल्जियम अध्यक्ष मेख गुरुङ, जर्मनीका अध्यक्ष शेरबहादुर तुम्वापो, अन्तरराष्ट्रिय नेपाली समाजका महासचिवमा ईश्वर पान्डे, नेपाली एकता समाजका अध्यक्ष गोम सुवेदी, नारी समाजका उपाध्यक्ष निर्मला खराललगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’, स्थायी समिति सदस्य तथा अन्तरराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बाँस्तोला, मोर्चाका साउदी, कतार, कुवेत, स्पेन, जनजाति सरोकार मञ्च युरोपलगायतका संस्थाहरुबाट प्रेषित शुभकामना पत्र पनि कार्यक्रममा वाचन गरिएका थिए ।

अधिवेशनले पूर्ण विकको अध्यक्षतामा १५ सदस्सीय कार्यसमितिको निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा टंकबहादुर खड्का र सौगात विष्ट, महासचिवमा प्रदीप अधिकारी, सचिव प्रकाश बस्याल र कोषाध्यक्षमा भुवन सिम्खडा निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यमा धर्मबहादुर क्षेत्री, राजकुमार घमाल, सुनील वस्ती, रिमबहादुर रोका मगर र हिक्मत विक रहेका छन् । ४ सदस्य पछि मनोनयन गर्ने गरी रिक्त राखिएको छ ।

बरिष्ठ सल्लाहकार ईन्द्र न्यौपाने र सल्लाहकारहरुमा मिङमार लामा र दीपेन्द्र आचार्यलाई चयन गरिएको छ । अधिवेशन आयोजक समितिका सदस्य प्रदीप अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव पूर्ण विकले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी