एनआरएनए स्कटल्याण्डको सपथ ग्रहण सम्पन्न 

एनआरएनए स्कटल्याण्डको सपथ ग्रहण सम्पन्न 

  • मङ्लबार, मंसिर १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

स्कटल्याण्ड।  हालै गठन भएको गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समन्वय परिषद कार्यसमितिको सपथ ग्रहण  गरिएको छ।  गैर आवासीय नेपाली संघ युकेका
 अध्यक्ष  योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपाने, सल्लाहकार डा  रामकुमार अधिकारीले  स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष मोहन कार्कीको नेतृत्वमा गठित समितलाई  सपथ ग्रहण, प्रमाणपत्र बितरण र सम्मान गर्नु भएको थियो।
सो समारोह मा बोल्दै एनआरएनए युकेका अध्यक्ष  योगकुमार फगामीले स्कटल्याण्डमा  राज्य परिषदको गठनबाट एनआरएनए युकेको इतिहासमा नयाँ आयाम थपिएको र स्कटल्याण्डमा एनआरएनएको भूमिकालाई सशक्त गर्नु पर्ने बताउनु भयो।  यस्तै गरि  एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठीले  एनआरएनए स्वयम्सेवी संस्था भएको र  एनआरएनए युकेले ले   गैर आवासीय नेपालीहरुको नागरिकता,  नेपालमा लगानी, युकेमा नेपालीहरुको पहिचान, च्यारिटीहरु  लगायत  धेरै कार्यहरुको गरिरहेको बताउनु भयो।  यस्तै    उपाध्यक्ष ललित न्यौपानेले     एनआरएनए युकेले   स्कटल्याण्ड सहित वेल्स र नर्थन आयरल्याण्डमा राज्य परिषद गठन गरिएको र चाडैं  इङ्गल्याण्डमा   राज्य परिषद गठन गरिने बताउनु भयो।
यस्तै कार्यक्रममा बोल्दै नवगठित स्कटल्याण्ड राज्य समन्वय परिषदका  अध्यक्ष मोहन कार्कीले एनआरएनए स्कटल्याण्डले  नेपालीहरुको दोहरो नागरिकताको अभियानमा कटिबद्ध भएर लाग्ने , स्कटल्याण्डबाट नेपालमा सामुहिक लगानीको पहल गरिने र  आउँदा दिनहरुमा स्कटल्याण्डमा  एनआरएनएको सदस्यता वितरण कार्य तिव्र  पारिने र संगठन विस्तार गर्ने बताउनु भयो।  अध्यक्ष  कार्कीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदलाई  बिदेशमा रहेका नेपाली  बालबालिकाहरुमा नेपाली भाषा,  लिपि, संस्कार, संस्कृतिको बारेमा जानकारी दिन भिडियो कार्टुन, पाठ्यसामग्री निर्माणको लागि पहल गर्न  आग्रह गर्नुभयो।
एनआरएनए युकेका सल्लाहकार डा  रामकुमार अधिकारीले संचालन गर्नु भएको कार्यक्रममा स्कटल्याण्ड राज्य परिषदका संरक्षण भोला खनाल, स्कटल्याण्ड राज्य परिषदका सचिव  कृष्ण  दाहाल र प्रकाश अर्यालले स्कटल्याण्डमा एनआरएनएको आवस्यकता र भूमिकाबारे चर्चा गर्नु भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी