पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपतिको पत्र

पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपतिको पत्र

  • मङ्लबार, मंसिर १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाउनुभएको छ ।

पाकिस्तानका विदेश मन्त्रीले सोमबार दिएको जानकारी अनुसार ट्रम्पले अफगानिस्तानको समस्या समाधानका लागि पत्रमा विषेश चासो व्यक्त गर्नुभएको छ ।
अफगानिस्तानमा १७ बर्षदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति वार्ता मार्फत् प्रभावकारी कदम चाल्न पनि अमेरिकाले आह्वान गरेको छ ।
पत्रमा ट्रम्पले अफगानिस्तान समस्या समाधान गर्ने विषयलाई आफुले अत्यन्त महत्वपूर्ण रुपमा लिएको र प्राथमिकतामा पारेको पनि जानकारी दिनु भएको छ ।
“यो कामको लागि पाकिस्तानले महत्वपूर्ण भूमिका र सहयोग गर्न सक्दछ, त्यो अपेक्षा गरिएको छ,” ट्रम्पले पठाएको पत्रमा लेखिएको छ ।
ह्वाइट हाउसले अफगानिस्तानका तालिवान लडाकूहरुलाई पाकिस्तानको आन्तरिक सेवा गुप्तचर निकाय र अन्य सैन्य निकायहरुले सहयोग गर्दै आएको ठानेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ