पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध चर्किएको प्रदर्शन हिंसात्मक

पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध चर्किएको प्रदर्शन हिंसात्मक

  • आइतवार, मंसिर १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

एजेन्सी, १६ मंसिर । फ्रान्समा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा चर्किंदै गएको प्रदर्शन हिंसात्मक बनेकेा छ ।  पेरिसमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १७ जना सुरक्षाकर्मीसहित कम्तिमा १ सय १० जना घाइते भएका छन् । प्रहरीले २ सय ७० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरासमेत प्रयोग गरेको छ ।

फ्रान्समा डिजेलको मूल्य पछिल्ला १२ महिनामा २३ प्रतिशतले वृद्धि भएको छ ।अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव भइरहँदा पनि फ्रान्समा भने लगातार मूल्य वृद्धि भइरहेको हो ।

राष्ट्रपति इमान्यूयल म्याक्रोनले हाइड्रोकार्बनमा कर बढाएपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो ।राष्ट्रपति म्याक्रोनले भने पेरिसमा भएको प्रदर्शन अनुचित भएको बताएका छन् ।

मूल्यवृद्धिको विरोधमा यस अघि गत नोभेम्बर १७ मा देशभर प्रदर्शन भएको थियो । त्यसबेला करिब ३ लाख मानिस सडकमा उत्रिएको बताइएको छ । प्रदर्शन चर्किंदै गएपछि सामाजिक सञ्जालहरुमा राष्ट्रपति म्याक्रोनको आर्थिक नीतिको आलोचना बढ्दै जाँदा प्रदर्शन पनि तिव्र बन्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ