अमेरिकाका पूर्व राष्ट्रपति एचडब्लु बुसको निधन

अमेरिकाका पूर्व राष्ट्रपति एचडब्लु बुसको निधन

  • शनिबार, मंसिर १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

वासिङटन, १५ मङ्सिर ।अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ बर्षको उमेरमा निधन भएको छ । 

शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको उहाँका आफन्तले जानकारी दिएका छन् ।
अमेरिकाको राजनीतिक परिवारका रुपमा चिनिने बुस परिवारबाट उहाँका छोरा जर्ज डब्लु बुस पनि राष्ट्रपति हुनुभएको थियो ।
पुत्र बुसले आफ्ना बुवालाई संसारकै सवै भन्दा असल पिताका रुपमा आफूले स्मरण गर्ने बताउनु भएको छ । उहाँले आफ्ना बुवालाई उच्च चरित्रवान मानवको रुपमा व्याख्या गर्नु भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।
आफ्नी श्रीमती बार्बारा बुसको निधन भएको केही महिनापछि उहाँको निधन भएको हो । श्रीमती बुसको गत अप्रिल १७ मा ९२ वर्षको उमेरमा निधन भएको थियो ।
अमेरिकाको ४१ औं राष्ट्रपतिका रुपमा उहाँले सन् १९८९ देखि १९९३ सम्म देशको नेतृत्व गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ