अफगानिस्तानको काबुलमा भएको बम हमलामा नौं जना नेपाली घाइते, एकको अवस्था गम्भीर

अफगानिस्तानको काबुलमा भएको बम हमलामा नौं जना नेपाली घाइते, एकको अवस्था गम्भीर

  • शनिबार, मंसिर १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ भएको आतंकवादी हमलामा परी नौं नेपाली घाइते भएका छन् ।

घाइतेमध्ये तीनजना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको र ६ जनाको उपचार भइरहेको भारतस्थित नेपाली दुताबासले जानकारी दिएको छ ।

दुताबासका अनुसार एकजनाको अवस्था गम्भीर छ । ‘तीनजनालाई सामान्य उपचारपछि शुक्रबार जिस्चार्ज भएको र ६ जना अस्पतालमै हुनुहुन्छ’, दुताबासका प्रवक्ता हरि विडारीले भने ।

घाइते नेपालीको काबुलस्थित नर्थ केएआइए हस्पिटल र बागराम हस्पिटलमा उपचार भइरहेको छ ।

स्रोतका अनुसार घाइते हुनेमा झापाका तेजप्रसाद आचार्य, मोरङका दुर्गाप्रसाद उप्रेती, तेहथुमका लक्ष्मण तुम्बाहाम्फे, ताप्लेजुङका पेम्बा शेर्पा, रुपमन्देहीका ताराबहादुर राई धादिङका वीरबहादुर थापामगर, काठमाडौंका श्यामकुमार थापामगर कास्कीका दलबहादुर थापामगर र तनहुका प्रकाश थापा छन् ।

घाइते मध्ये केहीलाई गोली लागेको र केहीलाई बमको छर्रा लागेको छ । -नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ