नेता सवार मोटरले हिलो छ्यापेपछि सार्वजनिक स्थलमै जनताले यसरी दिए सजाय

नेता सवार मोटरले हिलो छ्यापेपछि सार्वजनिक स्थलमै जनताले यसरी दिए सजाय

  • बुधबार, मंसिर १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

राजस्थान, मंसिर १२ । नेता सवार मोटरले हिलो छ्यापेपछि सार्वजनिक स्थलमै जनताले सजाय दिएका छन् ।

भारतको राजस्थानस्थित डूंगरपुर जिल्लाको सागवाडामा भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता तथा पूर्वजिल्ला प्रमुख भगवतीलाल रोतलाई जनताले सार्वजनिक स्थलमै सजाय दिएका हुन् ।

कांग्रेसको प्रदेश अध्यक्ष सचिन पायलटको सभामा सामेल हुन गइरहेको समयमा भगवतीलाल सवार मोटरले बाटोमा केही स्थानीयलाई हिलो छ्यापेको थियो । झोसावा गाउँका युवा पैदल हिँडिरहेको समयमा उक्त मोटरले उनीहरुको शरीरमा पर्नेगरी हिलो छ्यापेपछि सो मोटरको पिछा गर्दै स्थानीयको समूहले ‘जनकारवाही’ गरेको हो ।

भारतीय संचारमाध्यमका अनुसार करिब दुई किलोमिटरसम्म पिछा गरेर स्थानीयले भगवतीलाल सवार मोटरलाई रोकाएका थिए । उनीहरुले मोटरबाट उतारेर भववतीलाललाई जमिनमा नाक रगड्न लगाएका थिए भने घटनाबारे माफीसमेत माग्न लगाए ।

कसैले उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएपछि हाल उक्त भिडियो भाइरल बनेको छ ।

भगवतीलालले आफ्नो संस्कारका कारण जनतासँग माफी मागेको बताए । उनले भारतीय जनता पार्टीको सरकारले सडक मर्मत गरेको भए यस्ता घटना सिर्जना नै नहुने पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ