‘कोलम्बो प्रोसेस’मा आबद्ध राष्ट्रहरुको छैठौं बैठक काठमाडौंमा सुरु

‘कोलम्बो प्रोसेस’मा आबद्ध राष्ट्रहरुको छैठौं बैठक काठमाडौंमा सुरु

  • बिहिबार, कार्तिक २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं, कार्तिक २९ ।
आप्रवासी श्रमिकका साझा स्वार्थ र चासो तथा सामूहिक हितका विषयमा छलफल गर्न ‘कोलम्बो प्रोसेस’ मा आबद्ध राष्ट्रहरुको छैठौं बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ ।

बैठकमा एसियाका १२ देशका प्रतिनिधि सहभागी छन् । दुई दिनसम्म हुने कोलम्बो प्रोसेसको बैठकमा सदस्य मुलुकबीच अन्तर्रा्ष्ट्रिय आप्रवासन र अनुबन्धनमा आधारित श्रमका विषयमा परामर्श भइरहेको छ । बैठकमा सदस्य मुलुकका मन्त्री र उच्च अधिकारी सहभागी छन् ।

बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता र कोलम्बो प्रोसेसबीचको अन्तरसम्बन्ध, विश्वव्यापी, क्षेत्रीय र द्विपक्षीय तहमा ध्यान दिनुपर्ने विषयमा छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बैठकमा जिसिएम कार्यान्वयनका क्रममा कोलम्बो प्रोसेसका सदस्य राष्ट्रले अवलम्बन गर्नुपर्ने नीति, रणनीति र हासिल गर्न सक्ने लाभका विषयमा प्रस्तुति एवं छलफल हुनेछ । कोलम्बो प्रोसेस स्थापना भएको डेढ दशक पुगेको छ ।

वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रको साझा मञ्चका रूपमा सन् २००३ मा श्रीलंकामा कोलम्बो प्रोसेसको स्थापना भएको थियो ।

अन्तर्रा्ष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श गर्ने उद्देश्यले मञ्च सञ्चालित छ । कोलम्बो प्रोसेसमा १२ राष्ट्र सदस्य र आठ राष्ट्र पर्यवेक्षकका रूपमा आबद्ध छन् । सन् २०१७ मार्च २९ देखि नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी