कतार।
नेपाली जन प्रगतिशील मोर्चा कतारले मजदुर माथि हुने गरेको शोषण दमन र ठगिका बिरुद लामो समय देखि संघर्ष र उदार गर्दै अाएको कतार मोर्चा अाज एक पछि अर्को लोक प्रिय काम गर्दै कतारमा कार्यरत चार लाख नेपाली मजदुरको अाशा र भरोसाको केन्द्र बन्दै अाएको छ।
नेपालबाट मेनपावरहरुले सोझा साझा नेपाली युवा शक्तिलाइ विभिन्न खाले झुटा सपना देखाएर बैदेशिक रोजगारमा पठाउने, र मनमानी रकम आसुल्ने तर भने जस्तो काम र दाम नपाउदा लाखौ नेपाली मजदुरहरुले भिबिन्न खाले पीडा सहनुपरेको छ ।
नेपाली जन प्रगतिशील मोर्चा कतारलाइ खोजि खोजि सम्पर्कमा अाएर उदार गरि पाउ भनेर सयौको सँख्यामा मोर्चामा निबेदन अाउने गरेका छन ।
कतार दोहा स्थित एक्सप्रेस टेडिङ कम्पनी मा अाएका दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका 11 का सुरेस चोैधरि अर्का प्रमोद चोैधरि र उदयपुर का राम कुमार मंगर गरि ३ जना नेपाली मजदुरहरु महिनौ सम्म पनि कम्पनी मा बस्दा न काम न दाम उल्टै भोक भोकै दिन रात काटि रहेका मजदुरहरुले नेपाली जनप्रगतिशील मोर्चा कतार समक्ष उदारका साथै रासन पानिको ब्यबस्था मिलाइ दिन भनेर अाएको निबेदन लाई अनुसार
नेपाली जन प्रगतिशील मोर्चा कतारले तुरुन्त पिडित मजदुरहरुलाइ केही दिनका लागि भए नि रासन पानि उपाल्बध गराउने निर्णय गरि कतार मोर्चा का साहानिया एकाइ कमिटि सचिव र मोर्चा केन्द्रीय सदस्य देबिराम नेपाली लगायत एकाइका सम्पुर्ण कमरेडहरुले राहत सँकलन गरि एक्सप्रेस टेडिङग कम्पनी का पिडितहरु लाई खाद्यान्न उपलब्ध गराएको छ ।
राहत सँकलनमा अहम भुमिका निभाउने सहानिया एकाइ कमिटी का सम्पुर्ण टिमलाइ धन्यवाद दिदै साहानिया इकाई कमिटि सदस्य र मोर्चा केन्द्रीय सदस्य रामु केसि ले मजदुर माथि गरने शोषण अन्ते नभए समम नेपाली जन प्रगतिशील मोर्चा कतार मजदुरहरुका पीडामा मलम लगाउन हर्दम्म तयार छ भनदै नेपाली जनतालाइ रोजगार को नाम ठगि धन्दा चलाउने मेनपावरका बिरुद सशक्त भएर भण्डाफोर गर्ने भनेर चेतावनी दिएका थिए ।