दोहा । नेपाली मजदुरहरुको साझा संगठनको रुपमा स्थापित नेपाली जनप्रगतिशिल मोर्चा कतारले मुस्लिम धर्मावलम्बिहरुको महान चाड बक्र ईदको पहिलो दिन शुभकामना आदानप्रदान गर्दै अन्तक्रिर्या कार्यक्रम भव्य रुपले सम्पन्न गरेकोछ।
मोर्चाका आफ्नै इकाईका सदस्यहरुको मनग्ये उपस्थिती रहेको उक्त कार्यक्रममा नयाँ जोस उमंग थपिएका श्रमिकहरु आफैमा रमाउदै विभिन्न जनवादी गीत सङ्गीत कविता र गजलहरुले नेपाली मजदुरहरुमा छुट्टै उत्साह थपिएको थियो । उक्त कार्यक्रममा नेपाली जनप्रगतिशिल मोर्चा कतारका का. बा. अध्यक्ष शिशिर भण्डारीको सभापतित्व थियो भने प्रमुख अतिथि मोर्चाको सल्लाहकार समिति संयोजक रमेश गिरी रहनु भएको थियो।
मोर्चा महासचिव जय किशोर पोद्दारले संचालन गर्नु भएको कार्यक्रममा मोर्चाका उपाध्यक्ष साजन गुरुङले उपस्थित अतिथि, सहयोगी, समर्थक तथा शुभचिन्तकहरुलाइ आफ्नो मन्तव्यले स्वागत गर्नु भएको थियो। स्वागत गितमा आफ्नो नृत्यबाट स्वागत गर्दै केन्द्रिय सदस्य कुमार अधिकारीले थप उत्साह थप्नु भएको थियो।
कार्यक्रममा बोल्दै दलित एकता संजाल कतार सचिव यम रसाइलीले कामी, दमाई, सार्की मात्र दलित नभई उत्पीडित नेपाली जनता, मुट्ठी भर सामन्त हरुबाट दलिएका चाहे त्यो क्षेत्री बाहुन नै भए पनि वास्तवमा दलित हुन भन्ने कुरा प्रस्ट्याउदै ती सामन्तहरुलाइ पाठ पढाउनै पर्ने बेला भएको जिकिर गर्नु भएको थियो।
सल्लाहकार राजेन्द्र लिम्बूले कतारमा रहेका संघ संगठनका भन्दा नेपाली जनप्रगतिशिल मोर्चा कतार फरक ढंगबाट अगाडी बढ्दै सम्पुर्ण संघ संगठनहरुलाई मजदुरहरुको सेवामा समर्पित गराउन प्रेरित गर्न आबस्यक रहेको बताउनु भएको थियो। अर्का सल्लाहकार रेशम पौडेलले नेपाली जनप्रगतिशिल मोर्चा स्थापना काल देखि नै मजदुरहरुको पीडालाई आफ्नो पीडा सम्झ्दै आगामी दिनहरुमा पनि यस्तै कामहरु गर्दै अगाडी बढ्न मोर्चालाई सुझाव समेत दिनु भएको थियो।
कार्यक्रममा उठेका विभिन्न खाले जिज्ञासाहरुको सस्लेषण गर्दै कार्यक्रमका प्रमुख अतिथी रमेश गिरीले युवाहरू नै देशको भबिस्य भएको तर देशमै रोजगारीको व्यस्था गरि युवाहरुलाई स्वदेशमै रोजगारी व्यबस्था गर्ने हैसियत नभएका संसदबादी दलहरुको नियतले युवाहरुलाई विभिन्न जालझेल गरि बिदेशिन बाध्य बनाएको जिकिर गर्दै बिकल्प खोज्न को लागि युवाहरू पुनः जागरुक हुन आबस्यक रहेको बताउनु भयो ।
का. बा. अध्यक्ष शिशिर भन्डारीले देशमा विभिन्न प्रपोकाण्डा मच्चाउने भ्रष्टाचारी दलाल र बलत्कारीहरुको संरक्षण गर्ने सरकारलाई लखेट्नुको बिकल्प नरहेकोको जिकिर गर्दै पुनः एक पटक अन्तिम तयारीका साथ मुट्ठि कस्न आबस्यक रहेको बताउदै, सौभार्द पुर्ण बाताबरणमा कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्न आआफ्नो ठाउबाट खेल्नु भएका भुमिकाहरु प्रती सबैलाइ धन्यवाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भयो।

