नेपाली जनप्रगतिशिल मोर्चा कतारद्वारा २ महिलाको उद्धार

नेपाली जनप्रगतिशिल मोर्चा कतारद्वारा २ महिलाको उद्धार

  • आइतवार, साउन १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 40.7K
    SHARES

कतार।
दोहा २९ जुलाई नेपाली प्रगतिशिल मजदुरहरुको साझा संगठन नेपाली जनप्रगतिशिल मोर्चा कतार ले पुन: दुई जना महिला को उद्धार गर्न सफल भएको छ।
नेपाल बाट मेनपावर हरुले सोझा साझा नेपाली जनताहरुलाइ धेरै कमाउन सक्ने सपना देखाउदै लाखौ असुल्ने र खाडी पठाउने गर्दै आएको छ। त्यसै बिच यी महिला हरुपनी मेनपावर को सिकार हुन पुगेका थिए।
काठमाडौ को सिनामंगलस्थित futur minds Pvt Ltd मेनपावर बाट कतार को गोल्ड स्टार कम्पनीमा आएका सिन्धुपाल्चोक कि गङ्गा तामाङ र तेह्रथुम कि दिलु लिम्बू लाई भने जस्तो तलब र काम समेत नदिलाइ मेनपावर ले आफ्नो रकम असुलेर चुप बसेको थियो ।
तर पनि दुख गर्दै आफुले लिएका रिण सम्झदै काम गर्दै आएका तामाङ र लिम्बुले केही महिना पछि त्यो कम्पनी नै बन्द भए पछि फेरि ब्रोचर कम्पनी कतार मा ट्रान्सफर हुनु पर्यो त्यहा पनि पीडा बाट मुक्ती मिल्ने कुनै आधार रहेन र बिचल्ली हुँदै उद्धार गरि पाउ भनी मोर्चामा दिएको निवेदन अनुसार नेपाली जनप्रगतिशील मोर्चा कतार ले कार्वाही अगाडी बढाएको थियो।
मोर्चा को प्रयास पछि नेपाली दूतावास सङ सहकार्य गर्दै दुवै जना लाई गत २८-०७-२०१८ सनिवार राति ११:०० सकुशल नेपाल जान सफल भएका छन। घर जाने तयारी सङै कतार एयरपोर्ट पुगेका दिलु लिम्बू र गङ्गा तामाङ ले नेपाली जनप्रगतीशिल मोर्चा कतारलाइ धन्यवाद दिएका महासचिव जय किशोर पोद्दारले बताए छन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी