विजय सापकोटाको स्वकिय सचिवमा रिस्ता विश्वकर्मा नियुक्त , पुन: प्रेस सल्लाहकारमा ताम्राकार रहने

विजय सापकोटाको स्वकिय सचिवमा रिस्ता विश्वकर्मा नियुक्त , पुन: प्रेस सल्लाहकारमा ताम्राकार रहने

  • मङ्लबार, साउन ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

युवा नेता विजय सापकोटाले आफ्नो स्वकिय सचिवमा रिस्ता शंकर विश्वकर्मालाई नियुक्त गरेका हुन । त्यसैगरी पहिलो कार्यकालमा महत्वपूर्ण भुमिका खेलेका एच.बी ताम्राकार पून: प्रेस सल्लाहाकारमा नियुक्त हुन सफल भएका छन ।

अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको साझा संगठन काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्स अस्ट्रेलिया (सिसा) को अध्यक्षमा पुन: नेपाली युवा केहि दिन अगाडी चयन भएका थिए ।क्युन्सल्यान्डको केन्समा सम्पन्न राष्ट्रिय अधिवेशनले विजय सापकोटालाई सर्वसम्मत अध्यक्षमा चुनेको थियो ।

दोस्रो कार्यकालकालागि निर्विरोध भएसंगै सापकोटाको व्यस्तता बढेको हो । उनले पहिलो कार्यकालमा आफ्नो प्रेस सल्लाहाकारमा चर्चित युवा पत्रकार एच.बी ताम्राकारलाई नियुक्त गरेका थिए । पहिलो कार्यकाल सफल हुनुमा ताम्राकारको महत्वपूर्ण भुमिका रहेको भन्दै दोस्रो कार्यकालकालागि निरन्तर उक्त पदमै बसेर निरन्तर सहयोग गरिदिन सापकोटाले गरेको विशेष आग्रहलाई ताम्राकारले सहर्ष स्वीकारेको विजय सापकोटाका नवनियूक्त स्वकिय सचिव रिस्ता शंकर विकले ओएस नेपाललाई जानकारी दिएकी हुन् ।

को हुन रिस्ता शंकर विक ?

सानैदेखी उत्कृष्ट छात्रा रिस्ता शंकर विश्वकर्मा नेत्रित्व गर्न सक्ने क्षमता बोकेकी महिला हुन । पूर्वको धरानमा जन्मिएकी नेपालकी छोरी रिस्ता अष्ट्रेलियॉंमा आएर महत्वपूर्ण भुमिका निर्वाह गर्दै गरेकी पहिलो महिला भएको विजयको मुल्याङ्न रहेको छ । विश्वकर्मा जस्तो प्रतिभाशाली महिलालाई आफ्नो स्वकिय सचिवमा नियुक्त गर्न पाउनु आफैमा गर्व गर्न लायक भएको बताएका छन् । रिस्ता विश्वकर्मा अष्ट्रेलियामा नर्सिङमा स्नातक गर्दै छिन । युटिएसको रोटेट कल्बकी सचिवपनि हुन् ।

एच.बी ताम्राकार को हुन ?

पुर्बी एसिया बिसेष गरि जापानका मेरा गतिबिधि हरु बारे उपयुक्त सल्लाह र सहयोगको लागि ताम्राकारलाई प्रेस सल्लाहकारमा पुन: दोस्रो कार्यकालकालागि राखेको सापकोटाले जानकारी दिएका छन । “नेपालबाट बाहिर भएपछी आफु क्रियाशील देशमा आफुलाई स्थापित गर्नु र आफ्नो अनुभव लाइ अन्तरास्टियकरण गर्नु हामि सबै को कर्तब्य हो, साथै अन्तरदेशीय संजाल मार्फत नेपालीहरु जोडिनु र नेपाल को हितमा काम गर्नु सबैको जिम्मेवारी पनि हो,सोहि जिम्मेवारी अन्तरगत मैले ताम्राकार ज्यु लाइ नियुक्त गरेको हु”सापकोटाले भन्नू भयो।

ताम्राकार विश्वमै चर्चित एक नेपाली अनलाईन पोर्टल ओएस नेपालका जापान संयोजक तथा सिनियर बोर्ड मेम्बर हुन । सुदुरपश्चिमेली समाज जापानका वर्तमान प्रवक्ता समेत रहेका ताम्राकार ओएस नेपाल बाट प्रसारित लाईभ कार्यक्रम ‘ ओएस नेपाल विग अपरेशनका’ प्रमुखपनि हुन् । हाल जापानमा बस्दै आएका ताम्राकार चर्चित पत्रकार प्रेम बानियाँले नेत्रित्व गरेको ‘ जय स्वाभिमान समुह’ का संस्थापक सदस्यपनि हुन् ।

सुदुरपश्चिमको कंञ्चनपूरमा जन्मिएका ताम्राकारले प्लस टु को पश्चिममै पुरा गरेका थिए । स्नातक तह पुरा गर्न काठमाण्डौ छिरे । तिन वर्षें योजना पुरापनि गरे ।भारत , चिन र जापानको यात्रा गरिसकेका ताम्राकार आक्रामक पत्रकारका रुपमा चिनिन्छन । हाल जापानमै कार्यरत छन् ।

युवा नेता विजय सापकोटा बारे अष्ट्रेलियामा अध्ययनरत विदेशी बिद्यार्थीहरुको साझा संगठन काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्स अष्ट्रेलिया (सिसा) को अध्यक्षमा पुन: विजय सापकोटा चयन भएका छन् । युवा नेता विजय सापकोटा नाम भन्दा कामलाई बढी प्राथमिकता दिने एक कुशल व्यक्ति हुन । विदेश मा उनले स्थापित गरेको नाम नै देशकालागि गर्व गर्न लायक भएको विज्ञहरु बताउन्छन ।

क्युन्सल्याण्डको केन्समा जुन २७ मा सम्पन्न अधिबेशनले सापकोटालाई दोस्रो कार्यकालका लागी सर्वसम्मत चुनेका हुन । ‘ओभर कमिङ ब्यारियर’ भन्ने संदेशका साथ ३ दिन सम्म चलेको उक्त सम्मेलनमा ८० भन्दा धेरै भिन्न देशका बिधार्थी प्रतिनिधिहरु र सरकारी निकायहरुले सहभागिता रहेको थियो । सिसा अस्ट्रेलियामा अध्यानरत असी भन्दा धेरै देशका ६ लाख भन्दा धेरै बिधार्थीको साझा संस्स्था हो जसमा प्रत्येक बर्ष नयाँ नेतृत्व चुनिने गर्दछ । अघिल्लो बर्ष पनि सापकोटालाई चयन गरिएको थियो ।

उनले एकबर्षे कार्यकाल सफलताका साथ सम्पन्न गरिसकेका छन् । संस्थाको अन्य पदका लागि उपाधक्ष्यमा दुबई, सचिवमा कोलम्बिया, कोषाधक्ष्य र पब्लिक रिलेसन अफिसरमा भारत तथा वेलफेयर अफिसरमा श्रीलंकाले नेतृत्व पाएको जनाइएको छ । सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा इन्जिनियरिङ्ग बिषय अध्ययन गरिरहेका सापकोटाले अष्ट्रेलियामा अध्ययनरत् सम्पुर्ण बिदेशी बिद्यार्थीहरुको नेतृत्व दोस्रो पटक गर्न पाउदा आफुलाइ गर्वको महसुश हुनुको साथै चुनौती पनि थपिएको बताएका छन् ।

आफुले बिशवका सामु नेपाल र नेपालीको पहिचान क्षमता देखाउनु पर्ने भएको बताउदै उनले नेपाली शिर सम्मानित र उचा राख्ने बताएका छन् ।सिसा अष्ट्रेलियन सरकारका बिभिन्न निकाय संग बिधार्थी सरोकारको बिषयमा समन्वय गर्ने गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी