युएईमा सुपरभाइजरबाट कुटिएकी सोलुखुम्बुकी गङ्गा बास्तोलालाई दूतावासले दिलायो न्याय

युएईमा सुपरभाइजरबाट कुटिएकी सोलुखुम्बुकी गङ्गा बास्तोलालाई दूतावासले दिलायो न्याय

  • बिहिबार, असार २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

युएई ।
रोजगारिका लागि युएई पुगेकी सोलुखुम्बुकी गङ्गा बास्तोलालाई नेपाली दूतावास युएईले न्याय दिलाएको छ । आफ्नै कम्पनीको सुपरभाइजरले कुटपिट गर्दा घाइते भएकी उनलाई दूतावासले घाइतेको उपचारसहित कम्पनीसँग क्षतिपूर्ती दाबी गरेको राजदूत सागर फुयालले बताउनु भयो ।

गत मंग्लवार कम्पनीमा काम गर्न जादा मादक पर्दाथ सेवन गरि गएकी गङ्गालाई कम्पनीका एक भारतीयन सुपरभाइजरले गाडीमा राखी कम्पनी होस्टेल फर्काउदै गर्दाबीच बाटोमा गाडी रोकि कुटपिट गरेको भिडियो सामाजिक संजाल फेसबुक मार्फत भाइरल बनेपछि दूतावासले घटनाबारे चासो दिएको थियो ।

युएईको सोनापुरस्थित एक प्रतिष्ठित कम्पनीमा क्लिनिङ काम गर्दै आएकी बास्तोलाले मादक पदार्थ सेवन गरि सामान्य भनाभन गरेकै भरमा बिच बाटोमा घाइते हुने गरि कुटपिट गर्नु नितान्त कानुन बिपरित रहेको दूतावासले जनाएको छ ।

‘मादक पदार्थ सेवन गरि काममा जानू झगडा गर्नु नितान्त गलत हो तर त्यसो भन्दैमा महिलामाथी हातपात गर्ने लाई हामी त्यसै माफ दिन सक्दैनौं कम्पनीले सुपरभाइजरलाई कारबाही गरेको छ बास्तोला उपचार पछी नेपाल जादैछिन,’ राजदुत फुयालको भनाइ छ।

पछिल्लो समय युएईमा मादक पदार्थ सेवन गरि होहल्ला गर्ने, झैझगडा गर्ने जस्ता काममा नेपाली महिला तथा पुरुषको सङ्ख्या बढेको देख्दा दुख लागेको बताउदै स्वाभिमानी नेपालीको शिर झुकाउने काम नगर्न समेत दूतावासले अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी