समयमै नेपाल फर्किन नेपाली दूतावास मलेसियाको आग्रह

समयमै नेपाल फर्किन नेपाली दूतावास मलेसियाको आग्रह

  • आइतवार, असार १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

मलेसिया, असार १७ ।
अवैधानिक कामदारलाई समयमै नेपाल फर्किन नेपाली दूतावास मलेसियाले आग्रह गरेको छ । अवैधानिक कामदार बैधानिक बन्ने समय सकिएकाले प्रहरीले पक्राउ गरे समस्या हुने भन्दै दूतावासले समयमै फर्किन आग्रह गरेको हो ।

मलेसिया सरकारले अबैधानिक कामदारलाई आजदेखि खोजेर पक्राउ गर्ने बताइसकेको छ । मलेसिया सरकारले अवैधानिक कामदार र रोजगारदातालाई विवरणसहित दर्ता प्रक्रियामा आउन सन् २०१६ देखी भन्दै आएको थियो ।

वैधानिक बन्न दिएको समयमा दर्ता प्रक्रियामा छुटेका र नआएका अवैधानिक विदेशी कामदारलाई अब स्वदेश फर्किनुको विकल्प नरहेको र दोषी कामदार र रोजगारदातालाई ५० हजार रिंगिट वा ५ बर्ष जेल अथवा दुबै सजाय पनि हुन सक्ने मलेसियाको अध्यागमनका निर्देशक मुस्ताफिर अलिको भनाइ उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

२०१६ फेब्रुअरीदेखि सुरु भएको अवैधानिक कामदारलाई वैधानिक बन्ने प्रक्रिया हिजो देखि सकिएको छ । वैधानिक बन्ने समयसिमा सकिए पनि स्वदेश फर्किनलाई भने २०१८ को अगस्ट ३० सम्मको समय दिइएको छ ।

नेपाली दूतावास मलेसियाले पनि समय अघिनै स्वदेश फर्किन अवैधानिक रुपमा बसिरहेका नेपाली कामदारलाई बारम्बार आग्रह गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी