युएईमा हेटौंडा जर्नालिजम अवार्ड भव्यताका साथमा सम्पन्न, अशोक दर्जीको घर निर्माणका लागि ३ लाख सहयोग

युएईमा हेटौंडा जर्नालिजम अवार्ड भव्यताका साथमा सम्पन्न, अशोक दर्जीको घर निर्माणका लागि ३ लाख सहयोग

  • बुधबार, असार १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

 १३ असार, युएई । हेटौंडा जर्नालिजम अवार्ड गत शुक्रबार युएईको दुबईमा भव्यताका साथमा सम्पन्न भएको छ ।

पत्रकारहरुको सम्मान तथा पेशागत गरिमालाई उच्च पार्न हेटौंडामा हुन लागेको कार्यक्रमलाई अन्तर्राष्ट्रियकरण गर्ने पहिलो प्रयास स्वरुप दुबईमा आयोजना गर्न सफल भएको युएईका स्थानीय आयोजक समुहका संयोजक समिम खानले जानकारी दिएका छन् ।

यसभन्दा पहिले पनि भव्य कार्यक्रमहरु आयोजना गरिसकेका एनआरएन आइसिसि सदस्य मनोज गोर्खाली, प्रदेश नम्बर ३ एकता समाजका अध्यक्ष भिम अधिकारी र एनआरएनए दुबई क्षेत्रका अध्यक्ष मदन अधिकारी यस अवार्ड कार्यक्रमका स्थानीय आयोजक रहेका थिए भने संस्थागत रूपमा प्रदेश नम्बर ३ एकता समाज युएई यो अवार्ड कार्यक्रमको स्थानीय आयोजक रहेकोे थियो ।

युएईको स्थानीय आयोजकले १२ असार मंगलबार दुबईम एक पत्रकार सम्मेलन गरेर कार्यक्रमको सम्पुर्ण आयव्यय सार्वजनिक गर्दै बाल गायक अशोक दर्जीको घर निर्माणका लागि ७ हजार २ सय ४७ दिराम (करिव २ लाख १५ हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरिने बताएका छन् ।

पत्रकारिता अवार्ड कार्यक्रमको सफलताका लागि युएई आएका गायक तथा संगीतकार टंक बुढाथोकीले अशोक दर्जीको घर निर्माणका लागि शुभचिन्तकहरुले झन्डै १ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग जुटेकाे बताएका छन् । झापाली समाज युएईले कलाकारहरुलाई सम्मान गर्दै केही रकम संकलन गरिसकेको र गायक पारस लामाको पहलमा युएईबाट सहयोग संकलन अभियान जारी रहेको प्रतिक्रिया दिएका छन् । ।। आठ विधामा अवार्ड वितरण ।

न्यु मिडिया एकेडेमी प्रालिको मुख्य आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम मकवानपुर जिल्लामा रहेर पत्रकारिता गर्ने विभिन्न ८ विधाका पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको थियो । उक्त कार्यक्रमलाई सफल बनाउन नेपालबाट ५६ जना प्रतिनिधिमण्डलको संयोजन गर्न मणिराज गौतमले अहम भुमिका निर्वाह गरेका थिए । २०७४ सालभर गरिएको पत्रकारितालाई आधार मानेर अवार्ड वितरण गरिएको हो ।

उत्कृष्ट सम्पादक वर्ष अवार्ड वरिष्ठ पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष शर्मा नयाँ प्रकाश साप्ताहिकका सम्पादक हुन् । त्यसैगरी, उत्कृष्ट पत्रकारिता वर्ष अवार्ड गणेश दर्पण अधिकारीले पाएका छन् भने खोजी तथा चुनौतिपूर्ण पत्रकारिता वर्ष अवार्ड शिवकुमार रिजाल काशीले पाएका छन् ।

वर्षभरी रेडियो तथा टेलिभिजनमा समाचार तथा सूचनामूलक कार्यक्रम प्रस्तुतकर्तालाई दिइने प्रस्तोता वर्ष अवार्ड पोष्टराज अधिकारी कुमार, सामाजिक पत्रकारिता वर्ष अवार्ड सुवास बिडारीलाई प्रदान गरिएको छ ।

संचार उद्यमी वर्ष अवार्ड हेटौंडा सन्देश राष्टिय दैनिकका प्रकाशक माधव न्यौपानेलाई, चलचित्र पत्रकारिता वर्ष अवार्ड कृष्ण सारु मगरलाई तथा बजार व्यवस्थापक वर्ष अवार्ड गोकुल अधिकारीलाई प्रदान गरिएको थियो । त्यसक्रममा पारस लामा, दीपक गुरुङ, रेविका थापा मगर, ॠषिलाल श्रेष्ठलगायत युएईमा कार्यरत नेपाली कलाकारहरुले पनि गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न ८ विधामा अर्वाड प्रदान गरिएको थियो । सो अवार्ड राममणि दाहाल, दीपक अधिकारी र रुपेश दुलाल रहेको तीन सदस्यीय जुरीले चयन गरेको थियो । सोही समारोहमा तु खबर अनलाइनका प्रधान सम्पादक गिरिजाप्रसाद अधिकारी र नेपाल पत्रकार महासंघ युएई शाखालाई सम्मान गरिएको थियो ।

यस्तै, हेटौंडाका व्यवसायी विद्युत बज्राचार्य तथा उत्सव इटेनीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास अबुधाबीका कार्यबाहक राजदूत सागर फुँयाल र विशेष अतिथिमा एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठलगायतका युएईका नेपाली समुदायका विशिस्ट व्यव्याक्तित्वहरु उपस्थित भएर अवार्ड प्रदान गरे ।

युएईमा एतिहासिक अवार्ड कार्यक्रम आयोजना गर्न सहयोग गर्ने सबैलाई कार्यक्रम संयोजक समिम खानले स्वागत मन्तव्य मार्फत धन्यवाद प्रकट गरेका थिए ।

अवार्ड कार्यकमकै क्रममा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका संगीतकार तथा गायक टंक बुढाथोकी, बालगायक अशोक दर्जी, अञ्जन दाहाललगायतले आआफ्ना प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

त्यसक्रममा युएईम कृयाशिल गायक पारस लामा, नृत्यकार दीपक गुरुङ, रेविका थापा मगर, ॠषिलाल श्रेष्ठलगायत युएईमा कार्यरत नेपाली कलाकारहरुले पनि गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न ८ विधामा अर्वाड प्रदान गरिएको थियो । सो अवार्ड राममणि दाहाल, दीपक अधिकारी र रुपेश दुलाल रहेको तीन सदस्यीय जुरीले चयन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी